काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा ४ कम्पनीका १ करोड ५६ लाख कित्ता बोनस सेयर र एक कम्पनीको २ करोड ७ लाख बढी हकप्रद सेयर सूचिकृत भएको छ । 

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३० लाख ५ हजार शून्य दशमलव २३ कित्ता, साना किसान लघुवित्तको १२ लाख ५७ हजार ६ सय ५५ दशमलव ८५९४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

यसैगरी, एनएलजी इन्स्योरेन्सको १२ लाख ८० हजार ८ सय १२ कित्ता र एभरेष्ट इन्स्योरेन्सको १ लाख २१ हजार ५ सय बोनस सेयर पनि सूचिकृत भएको छ । 

यस्तै, सिभिल बैंकको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता हकप्रद सेयर समेत नेप्सेमा सूचिकृत भएको छ ।