काठमाण्डौ । लगातार उछालको टेण्डमा कुदिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक मंगलबार सुधारिएको छ । अनियन्त्रित रुपमा बढिरहेको सूचक सुधारिएर ५.८८ अंकको गिरावटसँगै १२८५.९३ अंकमा झरेको हो । 
 

मंगलबार बजार खुल्दा नेप्से परिसूचक १२९१.८१ अंकमा थियो । त्यसपछि नेप्सेमा लगातार गिरावट टेण्ड देखियो ।

मंगलबार १३ लाख कित्ता शेयर २ हजार ३ सय ६६ वटा कारोबारबाट खरीदबिक्री हुँदा बजारमा ५५ करोड ५६ लाख पूँजी परिचालन भयो । सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स पनि क्रमशः १.२८ र ०.४१ अंकले घटे । फाइनान्स समूह बाहेक मंगलबार सबै समूहका सूचकमा रातो देखियो । बजार सम्हालिने क्रममा बिमा समूहले दोहोरो अंकको क्षति व्यहोर्नुपर्यो । यो समूहको सूचक ४१.१५ अंकले घट्यो ।