काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले चालुु आर्थिक वर्षमा १०७ कम्पनीहरुलाई ‘क’ वर्गमा वर्गीकृत गरेको छ । 

धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु पूरा गर्ने १०७ कम्पनीलाई ‘क’ वर्गमा वर्गीकरण गरिएको हो  

आर्थिक वर्ष २०७२/७३ मा १३१ कम्पनी ‘क’ वर्गमा वर्गीकृत भएका थिए । नेप्सेले ‘क’ वर्गमा पर्नका लागि चुक्तापँुजी कम्तीमा रु.२ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तीमा १००० भएको, कमतीमा तीन वर्षदेखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको हुनुपर्ने शर्त तोकेको थियो । यही शर्त पूरा गरेका कम्पनीहरुलाई ‘क’ वर्गमा राखिएको हो । 

नेप्सेले आर्थिक बर्ष २०५३/५४ देखि सूचिकृत कम्पनीहरुको वर्गीकरणको प्रक्रिया थालेको थियो । 

वर्गीकरणअनुसार वाणिज्य बैंक समूहबाट २६, अन्य समूहबाट १, जलविद्युत समूहबाट ३, होटल समूहबाट १, बीमा समूहबाट १७, वित्त समूहबाट १४, विकास बैंक समूहबाट ४५ कम्पनीहरु ‘क’ वर्गमा परेका छन् । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आर्थिक बर्ष २०७२/७३ को अन्तसम्ममा कुल २२९ कम्पनी सूचिकृत छन् । 

कुन समूहबाट कुन कम्पनी ''क'' वर्गमा परे, हेरौं पूरा विवरण :