काठमाण्डौ । निर्वाचनको सुनिश्चिततासँगै बजारमा उछाल देखिएको छ । बुलिस ट्रेण्डमा दौडिएको बजार आइतबार खुलेको केही समयमै ३ प्रतिशतले बढेपछि नेप्सेले सर्किट ब्रेकर लगाएर कारोबार बन्द गरेको थियो । 

१५ मिनेटका लागि स्थगित भएको कारोबार ११.२५ मा खुलेसँगै बजार केही सम्हालिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४४.५७ अंकले वृद्धि भई १७०२ को उचाईमा पुुगेको छ भने ५० करोडको हाराहारीमा कारोबार भइसकेको छ । 

वाणिज्य बैंक, बिमा र होटल समूहमा समेत सर्किट ब्रेकर लागेको छ । होटल समूह ४.५ प्रतिशत, बिमा समूह ३.८७ र वाणिज्य बैंक समूह ३.०७ प्रतिशतले बढिसकेका छन् । 

सबै समूह हराभरा भए पनि अन्य समूहमा भने सामान्य गिरावट देखिएको छ ।