काठमाण्डौ । नेपालभर २१ वटा सामसङ्का आधिकारिक तथा एक्स्क्लुजिभ शोरुम भएका आइएमएस स्मार्टले २३ मंसिर, २०७३ मा काठमाडौंको न्यूरोडमा पाको अवस्थित आफ्नो सामसङ स्मार्टफोन क्याफे फेरि सुरु गरेको छ । 

ग्राहकहरुलाई विश्वस्तरीय शपिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले सो स्टोरमा आधुनिक सुविधा तथा संरचना राख्ने उद्देश्यले मर्मतसम्भार कार्यक्रम चलिरहेको थियो । उक्त कार्यको समापनसँगै ब्राण्ड शपको अनावरण आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रासँगै कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले गरेका हुन् । 

सो कार्यक्रममा बोल्दै अध्यक्ष दिपक मल्होत्राले भने–“हाम्रो लक्ष्य सधैैं हाम्रा ग्राहकहरुलाई उत्कृष्ट अनुभव सबैभन्दा अनुकुल स्थानहरुमा प्रदान गर्नु रहेको छ । यस मर्मतसम्भार कार्यक्रमसँगै हाम्रा ग्राहकहरुलाई यस्तै विश्वस्तरीय शपिङ्ग अनुभव प्रदान गर्न सक्ने कुरामा हामी विश्वस्त छौं ।’’

सो अवसरमा ग्राहकहरुलाई थप सुविधा पस्कन र शोरुम पुनः सुरु भएको उत्सवमा कम्पनीले २१ मंसिर, २०७३ देखि २९ मंसिर, २०७३ सम्म पाको शोरुम मार्पmत हरेक सामसङ मोबाइल फोनको खरिदमा ६ जी.बी. को निःशुल्क डाटा कार्ड प्रदान गर्ने घोषणा गरेको छ भने अन्य स्टोरहरुबाट ३ जी.बी को डाटा कार्ड निःशुल्क उपलब्ध गराइनेछ ।

आइएमएस ग्रुप विगत २४ वर्षदेखि विभिन्न क्षेत्रहरुमा डाइभर्सिफाइड हुँदै आएको कम्पनी हो । हाल, आइएमएस अन्तर्गत १२ वटा कम्पनीहरु रहेका छन्, जसमध्ये कोरियाको प्रिमियम एस.यू.भी. उत्पादक साङयङ मोटर्स् भर्खरै आइएमएससँग सम्बद्ध कम्पनी हो ।