एजेन्सी । ब्रिटिस राजकुमार विलियम र उनकी पत्नी केट मिडलटन हाल ६ दिने भ्रमणका क्रममा छिमेकी देश भारतमा छन् । भारतमा ब्रिटिस राजकुमार र उनकी पत्नीको भन्दा पनि केटले लगाएको गहना र लुगाहरुको बिषयमा निकै धेरै चर्चा भइरहेको दैनिक भास्करले जनाएको छ । समाचारमा केटले आफ्ना पतिबाट पाएको ५ महंगा गिफ्टको विषयमा चर्चा गरिएको छ । सबैभन्दा महंगो केटको विवाहको औंठी रहेको छ । यो औंठीलाई राजकुमार विलियमले गिफ्टको रुपमा विवाहको साइतको बेला दिएका थिए । 

वेडिङ रिङ(विवाहको औंठी)
ब्रिटिस राजकुमार विलिमयले आफ्नी पत्नी केटलाई ‘सफायर रिङ’ गिफ्ट दिएका थिए । यो औंठीलाई विलियमकी आमा प्रिन्सेस डायनाले पनि लगाएकी थिइन् । यो औंठी केट प्राय सधैं लगाउने गर्छिन । १८ क्यारेट ब्लु ओवल सफायर औंठीको वरिपरि १४ वटा साना–साना हिरा लगाइएको छ । यसको मूल्य करिब ५ लाख डलर अर्थात नेपाली करिब ५ करोड ३० लाख रुपैयाँ रहेको छ । यो औंठी ब्रिटिस राजपरिवारको निशानी समेत हो । सन् २०११ मा विवाहको बेला विलियमले केटलाई यो औंठी उपहारको रुपमा लगाइदिएका थिए । केट र विलियम अप्रिल १० तारिखदेखि भारतको भ्रमणमा छन् । 

विश्वकै महंगो परफ्यूम पनि


राजकुमार विलियम र केटको विवाहको बेला नवजोडीलाई एक कम्पनीले विश्वकै सबैभन्दा महंगो परफ्यूम उपहारको रुपमा दिएको थियो । ‘क्लाइव किस्टिन’ नामको परफ्यूम उत्पादक कम्पनीले राजकुमार र केटलाई ‘क्लाइव किस्टिन नम्बर १ इम्पेरियल मेजेस्ट्री एडिसन’ नामको महंगो परफ्यूम उपहारको रुपमा टक्र्याएको थियो । परफ्यूमको बोतल २४ क्यारेट सुन र ५ क्यारेटको हिराबाट बनेको छ । परफ्यूमको मात्र मूल्य २ लाख ५६ हजार रुपैयाँ हो । यो मूल्यमा बोतलको मूल्य सामेल छैन । 

ब्लू स्टोनको स्टाइलिस घडी


राजपरिवारको गिफ्ट पनि सोहीअनुसारको हुन्छ, अर्थात रोयल गिफ्ट नै रोजिन्छ । प्रिन्स जर्जको जन्मको सुखद अवसरमा राजकुमार विलियमले केटलाई स्लिम डायमण्ड रिङ गिफ्ट दिएका थिए । सन् २०१४ देखि नै केट यो औंठीलाई आफ्नो विवाहको औंठीको साथमै लगाउने गर्छिन । आफ्नो विवाहको तेश्रो बर्षगाँठको अवसरमा राजकुमारले केटलाई ‘ब्लू स्टोनको डिजाइनर घडी’ उपहार दिएका थिए । ‘बेलोन ब्ल्यू डे कार्टियर वाच’ नामको घडीको मूल्य करिब २० लाख नेपाली रुपैयाँ रहेको छ । यो घडी सेतो सुनबाट बनेको छ र यसमा ब्ल्यू स्टोन समेत जडान गरिएको छ । 

हिराको ताज


केटको साथमा हिराको ताजको पूरा कलेक्सन नै छ । उनले सन् २०११ मा आफ्नो विवाहको क्रममा कार्टियर हेलोको मुकुट(ताज) लगाएकी थिइन । डिप्लोमेटिक रिसेप्सनको क्रममा उनले लोटस फ्लावरको ताज लगाएकी थिइन । अहिलेसम्म अफिसियल रिसेप्सनको क्रममा उनले तीन खालका अलग–अलग ताज लगाइसकेकी छिन् । यी ताजहरुको मूल्यको बिषयमा अहिलेसम्म केही खुलाइएको छैन । यी ताजहरु शाही परिवारमा वर्षौदेखि महिला सदस्यहरुले लगाउने चलन छ ।