काठमाण्डौ । देशको अग्राणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला आयोजना गर्यो । 

एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता थियो । विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एकदिने एनसेल मेला बिहीबार नारायणघाटको नारायणी किनार आयोजना गरिएको थियो । 

शनिवारको मेला विभिन्न कार्यक्रमसहित साँझसम्म चलेको थियो र दर्शकहरुले यसको भरपुर मज्जा लिएका थिए । 

मेलाको मुख्य आकर्षणमा चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुती, कमेडी, जादु, गेम स्टल, किडस् जोन र फुड स्टलहरु रहेका थिए । 

चर्चित कलाकार तथा गायक सुगमपोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलामा आफ्ना गीत गाएका थिए । हाँस्यकलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुतीमार्फत हँसाए भने कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । 

गायक सुगम पोखरेलको ‘झिल्के’ र ‘प्रेम गीत’, मिलन अमात्यको ‘गाला रातै’ र ‘स्लोली स्लोली’, शिव परियारको ‘क्या दामी भो’ र ‘रुपौली रानी’जस्ता गीतहरुमा दर्शक आफू पनि गाउँदै नाचेका थिए ।

 

एक्स ब्याण्डले आफ्नो लोकप्रियगीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चियाबारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’गाएर दर्शकहरुलाई नचाएका थिए । 

गेम स्टलहरुमा विषेश युवाहरुको भीड देखिन्थ्यो । मेलामा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए । थुप्रै गेम स्टलहरुमा आगन्तुकहरुले उपहारहरु पाएका थिए भने किड्स जोनमा रहेको इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेनलगायतमा बालबालिका रमाई रमाई खेलेका थिए । 

मेलामा आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधाहरु आकर्षक अफरका साथ लिन पाएका थिए । त्यसैगरी डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेलको विशेष हाईटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था मिलाइएको थियो । 

आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टलहरुका साथै दशैं पिङ, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथजस्ता आकर्षणहरु पनि राखिएको थियो । 

पर्यटकीय नगरी पोखरामा एनसेल मेला आयोजना गरेर नजिकिदै गरेको चाडपर्वको शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न पाउँदा आफूहरु हर्षित भएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

नारायणघाट र पोखरा पश्चात, एनसेल मेलाअसोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना हुनेछ ।