काठमाण्डौ । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको ‘पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव’ योजनाको विजेताको घोषणा गरेको छ । 

कम्पनीको बबरमहलस्थित आफ्नै प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी विजेताको छनोट गरिएको हो । 

विजेता छनोटका लागि आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक महेशकुमार मुरारकाले योजनाका सम्पूर्ण विजेतालाई सहभागिताका लागि धन्यवाद ज्ञापन गरेका थिए । 

भाद्र १५ देखि मङ्सिरको अन्तिमसम्म आयोजित उक्त योजनामा सान्त्वना पुरस्कारका रुपमा १६ जनालाई १० तोला चाँदी, छैठौ पुरस्कारका रुपमा ८ जनालाई ५ ग्राम सुन, पाँचौ पुरस्कारका रुपमा ८ जनालाई स्मार्टफोन, चौथौँ पुरस्कारका रुपमा चार जनालाई २ सय २० लिटरको फ्रिज र तेस्रो पुरस्कारका रुपमा चार जनालाई वासिङ मेसिनको ब्यवस्था गरिएको थियो । 

त्यसैगरी दोस्रो पुरस्कार विजेताले ४२ ईञ्चको स्मार्ट टेलिभिजन हात पार्ने जानकारी कार्यक्रममार्फत दिइयो । उपहार योजनाको बम्पर उपहारका रुपमा ३ सय ५० सीसीको रोयल एन्फिल्ड मोटरसाइकल १ जनालाई प्रदान गरिने बताइएको छ ।