काठमाडौ । नक्कली चिकित्सक र नक्कली इञ्जिनियरहरु पक्राउ गरी ठेगान लगाउने सफलता हात पारेपछि नेपाल प्रहरीको अनुसन्धन नक्कली पाइलट खोजी गर्नेतर्फ मोडिएको छ । 

यही क्रममा प्रहरीले बुधबार ललितपुरको कुपण्डोलबाट एक नक्कली पाइलटलाई आफ्नो फन्दामा पारेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले विशेष सूचनाका आधारमा गोमा एयरमा को–पाइलटको रुपमा कार्यरत ३६ वर्षीय विशाल कार्कीलाई पक्राउ गरेको हो । 

भरतपुर १० स्थायी घर भएका कार्की सन् २०१५ मा गोमा एयरमा आवद्ध भएका हुन् । अस्कलबाट आइएस्सी गरेका कार्कीको नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुमति पत्र ४८६ रहेको डिआइजी नवराज सिलवालले जानकारी दिए ।