काठमाण्डौ । पाल्पाको तानसेन बजारमा सिद्धार्थ डेभलपमेन्ट बैंकले शाखा बिस्तार गरेको छ ।

फागुन ५ गतेदेखि तानसेन बजारमा शाखा बिस्तार गरी बैकिंग सेवा संचालन गरिएको हो । 

एक कार्यक्रमका बीच यो शाखा कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले उद्घाटन गरेका बैंकले जनाएको छ । 

शाखा बिस्तारसँगै सो क्षेत्रका सर्वसाधारण तथा व्यवसायी लाभान्वित हुने विश्वास लिइएको छ ।