काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य शनिवार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । 

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन/तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । 

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १।५९ तथा डिजेल र मट्टितेलमा रु ३।४९ घाटा रहेको जनाएको छ ।