काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ग्लोबल आइएमई बैंकलाई प्यासिफिक डेभलपमेन्ट बैंक लिमीटेड अक्वायरका लागि अन्तिम स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै दुवै कम्पनीको संयुक्त बित्तीय कारोबार आगामी फागुन १ गतेदेखि सुरु गर्ने तयारी गरिएको ग्लोबल आइएमई बैंकका एक अधिकारीले बताए ।  

प्राप्तिपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने र क वर्गको बैंकको रुपमा संयुक्त कारोबार सुरु हुने बताइएको छ । एक्वीजिसनपछि पनि बैंकको मुख्य कार्यालय काठमाण्डौको पानीपोखरीमा रहनेछ । 

ग्लोबल आइएमई बैंकले १०० बराबर ६९.२६ को सेयर स्वाप रेसियोमा प्यासिफिसकलाई प्राप्ति गरेको हो । ग्लोबल बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई समेत एक्वायर गर्ने प्रक्रिया जारी छ । 

ग्लोबल आइएमई बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ९० करोड ९५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।