काठमाण्डौ । तीव्र आलोचनापछि सरकारले प्रधानमन्त्री, दुुई उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । 

ढिलो गरी सार्वजनिक भएको सम्पत्ति विवरणमा स्वयम् प्रधानमन्त्री शंकाको घेरामा तानिएका छन् भने कतिपय मन्त्री तथा राज्यमन्त्रीहरुले समेत भएको सम्पत्ति समेत लुकाएर झूठा विवरण पेश गरेका पाइएको छ । 

सार्वजनिक सम्पत्ति विवरणमा प्रधानमन्त्री पुुष्पकमल दाहाल(प्रचण्ड) नै सबैभन्दा बढी शंकाको घेरामा परेका छन् । युद्धपछि खुल्ला राजनीतिमा आएर अकूूत सम्पत्ति आर्जन गरी विभिन्न व्यापारीमार्फत ठूलो लगानी गरेका र विदेशी बैंकमा समेत अकूत पैसा जम्मा गरेका आरोप खेप्दै आएका उनले आफूलाई सुशील कोइरालापछिको देशकै गरीब प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् । 

मन्त्री परिषद कार्यालयमा बुुझाइएको प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विववरणमा पत्नी सीता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन मात्र रहेको भनिएको छ । यो सम्पत्ति पनि आफैंले कमाएको नभई पैतृक भनिएको छ । 

पटक पटक सत्तामा पुुगेका, लडाकू शिविर भ्रष्टाचार प्रकरणमा करोडौं कमाएका प्रचण्डले बाँकी सम्पत्ति लुकाएका सहजै बुुझ्न सकिन्छ । 

प्रधानमन्त्री मात्र होइन, कतिपय मन्त्रीहरुले समेत सम्पत्ति विवरण लुकाएका छन् । 

प्रधानमन्त्रीजस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि निकै कम सम्पत्ति देखाएका छन् । उनको तुलनामा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले चाहि भएको सम्पत्ति विवरण अधिकांश पेश गरेका जस्ता देखिन्छ । कारण, सम्पत्ति विवरण हेर्दा महरा निकै गरीब देखिएका छन् भने निधि अर्बपति । 

कसको कति सम्पत्ति ? 
विमलेन्द्र निधिको  ६० तोला सुन र १५० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन र चाँदी दाइजोबाट प्राप्त भएको निधिले दाबी गरेका छन् । यस्तै उनीसँग बैंकमा जम्मा गर्न नभ्याएको १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ नगद समेत छ । उपप्रधान तथा गृहमन्त्री निधीले सबै आम्दानीको स्रोतको रुपमा पारिश्रमिक, भ्रमण भत्ता र कृषि आय भनेका छन् । उनले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी र सोही ठाउँमा ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको विवरण भरेका छन् । पारिश्रमिक भत्ता, भ्रमण भत्ता, कृषि आदिबाट प्राप्त भएको पैसाले ती जग्गा खरीद गरेको उनको दाबी छ । कटुुञ्जेमै निधिको नाममा अर्को ३ आनाको टुक्रा समेत छ । त्यो जग्गा चाहि ३ लाख ८० हजारमा किनिएको सम्पत्ति विवरणमा उल्लेख छ । सोही ठाउँमा ४ आनाको अर्को टुक्रो समेत रहेको भनिएको छ । 

निकै धनी देखिएका उपप्रधान तथा गृहमन्त्री नीधिको नाममा धनुषा जिल्लाको नगराई गाविसमा मात्र विभिन्न कित्तामा १९ विघा जमीन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

त्यति मात्र होइन, निधिको नाममा हिमालयन लगायत विभिन्न बैंकमा करिब २९ लाख रुपैयाँ रहेको छ । बैंक ब्यालेन्सको स्रोतमा पनि उनले जग्गा बिक्री, पारिश्रमिक भत्ता, भ्रमण भत्ता भनी उल्लेख गरेका छन् । हिमालयन बैंकमै निधिको पत्नीको खातामा थप १४ लाख नगद समेत रहेको छ । 

निधिले आफ्नो सम्पत्ति विवरणमा ऋण तथा सापटी मागेर लगेका, कृषि व्यवसायबाट पाउनुुपर्ने भने साढे १३ लाख रकम उठ्न बाँकी रहेको समेत भनिएको छ । 

निधिले आफूसँग २०५४ सालमा ७ लाख रुपैयाँमा खरिद भएको एउटा निशान भ्यान पनि रहेको उल्लेख गरेका छन् । उनीसँग विभिन्न कम्पनीका २ हजार १ सय ६० कित्ता साधारण शेयर पनि रहेको विवरणमा खुलाएका छन् । 

यसैबीच, अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा नेपाली शैलीको २ तले घर र १ तले गोठ छ । हाल उक्त घर स्थानीय सहकारी संस्थाले प्रयोग गरेको महराले बुझाएको सम्पत्ति विवरणमा लेखिएको छ । लिवाङमै ८ रोपनीको सुख्खा पाखो छ । सो जमीन उत्पादनमा प्रयोग नभएको दाबी गरिएको छ । 

महराले आफूूसँग सुनचाँदी नरहेको दाबी गरेका छन् । एभरेष्ट बैंकमा ८० हजार बैंक ब्यालेन्स रहेको देखाइएको छ । स्मरण रहोस्, महरा विभिन्न समयमा बनेका सरकारमा शक्तिशाली मन्त्री बनेर विभिन्न काण्डमा मुछिदै आएका व्यक्ति हुन् । लडाकू शिविरको करोडौं भ्रष्टाचार प्रकरणमा उनले समेत करोडौं कमाएका चर्चा हुुने गर्छ । अहिले समेत यिनले छोरा एटम महरालाई प्रयोग गरेर अर्थमन्त्रालय अन्तरगतका सरुवा बढुवामा कुस्त कमाइरहेका कर्मचारी बताउँछन् । यसरी हेर्दा उनको सम्पत्ति विवरण पनि औपचारिकताका लागि मात्र देखाइएको प्रष्टै हुन्छ । 

गगनको ध्यान सेयरमा 
अरुसँग सुनचाँदी र जग्गाजमीन देखाइए पनि स्वास्थ्यमन्त्री गगन थापाले भने आफ्नो र परिवारको नाममा निकै सेयर रहेको देखाएका छन् । उनले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा शेयर रहेको उल्लेख गरेका छन् । नगद भने बैंकमा रहेको ४ हजारसहित ९ हजार मात्र रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । तर उनको सम्पत्ति विवरण अनुसार पत्नी अञ्जनाको नाममा २० लाख बढी नगद रहेको छ । गगनले पत्नीका माइतीले दिएको पेवा, दाइजो र उनको कमाईबाट १६ तोला सुन, २ सय तोला चाँदी र हिराका केही गरगहना रहेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

उनको काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा रहेको जग्गा भने उनका बुबाको नामा रहेको भनएिको छ । 

सम्पत्ति लुकाउन अरु पनि अगाडि
अमेरिकामा समेत घरजग्गा जोडेका भूमिसुधार मन्त्री विक्रम पाण्डेले आफ्नो सम्पत्ति विवरणमा विदेशमा जोडेको सम्पत्ति लुकाएका छन् । उनले केही मिडियाहरुमा यसअघि आफ्नो निर्माण व्यवसायको कमाइबाट सो घर किनेको बताएका थिए । मन्त्री पाण्डेले करीव ४३ करोड रुपैयाँ ऋण रहेको देखाएका छन् । उनले काठमाडौं, चितवन र नवलपरासीका महँगा स्थानमा करोडौं मूल्यका जग्गा रहेको विवरण भरेका छन् । 

काठमाडौंमा पाण्डेका नाममा ११ रोपनी भन्दा बढी जग्गा छ भने चितवन र नवलपरासीमा करीव ३० बिघा छ । पाण्डेले खरिद गरेको मूल्यका आधारमा उक्त जग्गा करीव १० करोड बराबरका छन् । उनको सम्पत्ति विवरणमा एकसय तोला सुन रहेको देखाइएको छ । ती सबै सुन  पैतृक सम्पत्ति रहेका दाबी गरिएको छ । 

उनको प्राइम, ग्लोबल, एभरेष्ट लगायतका विभिन्न बैंकमा गरी करिब ७ कोडको सेयर रहेको उल्लेख छ । कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीमा उनको २७ करोडको सेयर स्वामित्व देखाइएको छ । 

यसैबीच, अर्का मन्त्री दीपक बोहोरा पनि निकै धनी देखिएका छन् । विभिन्न सयमा सरकारमा मन्त्री पड्काएका उनी पनि भ्रष्टाचार आरोपित नेता हुन् । बोहोरा दम्पत्तीका बैंक खातामा डेढ करोडभन्दा बढी नगद देखाइएको छ । बैंकमा जम्मा नगरिएको नगद १५ लाख घरमा रहेको देखाइएको छ । उनको नाममा काठमाण्डौ, काभ्रे लगायतका ठाउँमा ४ करोड बराबरको जग्गा रहेको उल्लेछ । १ सय २० तोला सुनका गहना र हिराका तीन सेट गहना समेत सम्पत्ति विवरणमा बोहोराले उल्लेख गरेका छन् । 

बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडसहित विभिन्न बैंक, बित्तीय संस्था तथा व्यवसायिक प्रतिष्ठानमा उनको ६करोड बढीको सेयर रहेको देखाइएको छ ।