काठमाण्डौ । समस्याग्रस्त भई विघटनको संघारमा पुगेका नौवटा बित्तीय संस्थाहरुबीच मर्जरको नौलो र ऐतिहासिक प्रयोगबाट बनेको प्रभूू बैंक लिमीटेडले मंगलबार दोश्रो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्दै सबैलाई आश्चर्यमा पारेको छ । नाफातर्फको अपत्यारिलो प्रगति र त्योसँगै समग्र विजिनेशमा समेत छलाङ मारेसँगै यो बैंक पूर्ण रुपमा स्वस्थ हुने बाटो उन्मुख भएको देखिएको छ । मर्जपछि पहिलोपटक प्रभूू बैंकको एनपीएल राष्ट्रबैंकले तोकेको सीमाभित्र आएको छ भने अन्य बित्तीय सूचकहरु पनि अपत्यारिलो ढंगले उकालो लागेका छन् । 

प्रभूू बैंकका एक अधिकारीका अनुसार चालुु आर्थिक वर्षको दोश्रो त्रैमासबाट सुरु भएको प्रभूूको प्रगतिको यो यात्रा आगामी दिनमा अझ तीव्र हुनेछ । प्रभूू बैंकले आगामी केही वर्षमै देशकै टप वाणिज्य बैंक बन्ने रणनीति अपनाएको छ ।

त्यसो त करिब तीन साताअघि सम्पन्न प्र्रभूूको १५ औं वार्षिक साधारणसभामा उपस्थित सेयरधनीलाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले २ वर्षभित्रै देशको टप बैंक बनाउने उद्घोष गरेका थिए । उनीहरुले प्रभूूलाई रहरलाग्दो र भरलाग्दो बैंक बनाउने समेत वचन दिएका थिए । वचन अनुसारकै दोश्रो त्रैमासमा उल्लेख्य प्रगति भएको देखिएकोमा सेयरधनी पनि खुशी छन् । 

एनपीएल ५ प्रतिशतको सीमाभित्र
आर्थिक वर्ष ०७१ ७२ मा प्रभूू बैंकको प्रमुख बित्तीय सूचकमध्येको एक निस्क्रिय कर्जा अनुपात(एनपीएल) ७.३३ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७२ ७३ मा यो बढेर ८.८३ प्रतिशत भयो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले यो अनुपातलाई केही घटाएर ७.५४ प्रतिशतमा झारेको थियो । वार्षिक साधारणसभामा उपस्थित सेयरधनीलाई सम्बोधन गर्दै अध्यक्ष देवीप्रकाश भट्टचनले एनपीएल पुस मसान्तभित्रै ५ प्रतिशतमा झर्ने उद्घोष गरेका थिए । उद्घोष अनुसार नै पुस मसान्तसम्मको विवरणमा एनपीएल ५ प्रतिशतको सीमाभित्र समेटिएको छ । त्यसबेला उनले भनेका थिए–‘पुस मसान्तभित्रै हाम्रो एनपीएल ५ प्रतिशत हुँदैछ, टप बैंक बन्ने हाम्रो रणनीतिको यसलाई पहिलो खुड्किलो मान्नुहोस् ।’ 

उनले एनपीएल उच्च हुँदा हुँदै पनि कस्ट अफ फण्ड भने ३ प्रतिशत मात्र रहेको सुुझाएका थिए । ‘एनपीएल उच्च हुँदा हुँदै पनि हामीले कस्ट अफ फण्ड ३ प्रतिशतमा काम गर्न सकेका छौ ।’ उनले भने–‘बिग्रेका र नउठेका ऋण रिकभरिमा हामी अझ आक्रामक हुनेछौ ।’ हाल प्रभूू बैंकसँग ८ लाख भन्दा बढी खातावाल छन् । यति संख्याका खातावाल टप भनिने वाणिज्य बैंकहरुमा पनि छैनन् । यसको अर्थ हो खातावालहरुले प्रभूू बैंकलाई बढी नै विश्वास गरेका छन् । यो बैंकमा ७० अर्ब २१ करोड निक्षेप रहेको छ र अहिले लगानीयोग्य रकमको अभावको समस्या भोगिरहेका अन्य वाणिज्य बैंक भन्दा फरक अवस्था यहाँ छ । यो बैंकले यस्तो समस्या अझै भोगेको छैन, बरु यथेष्ट रकमलाई प्रयोग गरेर अझ व्यवसाय बढाउन आक्रामक रुपमा लागिरहेको छ। 

बुक भ्यालू पनि बढ्दै
अध्यक्ष भट्टचनकाअनुसार हाल बैंकको प्रति सेयर बुक भ्यालु १०९ रुपैयाँ ३९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो भ्यालू ११५ रुपैयाँ ११ पैसा थियो । बुक भ्यालु समेत घट्दा बैंक अधोगतितर्फ जाने हो कि भन्ने सेयरधनीमा चिन्ता छाएको थियो । तर भट्टचनले आगामी वर्षभित्र बुक भ्यालुु १२५ देखि १३० रुपैयाँको उचाईमा पुर्याउने उद्घोष गरेका थिए र सोही अनुसारको दोश्रो त्रैमासिक विवरण आएको छ । यो लक्ष्य हासिल गर्न प्रभूूलाई कुनै गाह्रो नभएको मंगलबार प्रकाशित विवरणले प्रष्ट पारेको छ। 

असारसम्म नो मर्जर, नो एक्वीजिसन
राष्ट्रबैंकले पठाएको फ्रेमअनुसार वार्षिक साधारणसभाले औपचारिकताका लागि अन्य संस्थासँग मर्जर वा एक्वीजिसन सम्बन्धी निर्णयको अन्तिम अधिकार संचालक समितिलाई दिने निर्णय गरेको भनिए पनि भित्री कुरा चाहि अर्कै छ । ९ वटा संस्था(त्यो पनि बिग्रेका)लाई मर्ज गर्दा प्रतिफल पाउन हम्मे–हम्मे परेको उल्लेख गर्दै सेयरधनीहरुले अब मर्जर र एक्वीजिसनमा जानै नहुने भनी तीव्र दवाब दिएका थिए । उनीहरुलाई जवाफ दिने क्रममा अध्यक्ष भट्टचनले फर्मेट अनुसार यो बुँदा राखिएको उल्लेख गर्दै आगामी असारसम्म मर्जर र एक्वीजिसनमा नजाने उद्घोष गर्दै ढुक्क हुन आग्रह गरेका थिए । यसको अर्थ अबको प्रभूूको यात्रा समस्याग्रस्त संस्थालाई नल्याउने, बरु हकप्रद र बोनस बाँडेरै अपुुग चुक्तापूँजी सुविधाजनक ढंगले ८ अर्ब पुर्याउनेतर्फ अग्रसर हुनेछ ।  लगानीकर्ता मालामाल हुने दिन आउने विश्लेषण गरिएको छ । 

अवस्था पूरै खराब थिएन
चर्चा गर्ने गरिएजस्तो प्रभू बैंकको अवस्था खराब थिएन । अध्यक्ष भट्टचनका अनुसार लगातार २ वर्ष बैंकले नाफा कमाएको र अब आउने असारसम्म पनि उच्च नाफा कमाउने र लगानीकर्तालाई उच्च प्रतिफल दिइनेछ । ‘तपाईंहरु बिगे्रको ग्राण्डलाई किन्दा प्रतिफल पाउन मुश्किल भयो भन्नुहुुन्छ, यो सही होइन ।’ उनले थपे–‘ग्राण्ड बैंकलाई नगाभेको भए हामीले २१ प्रतिशत बोनस खान सक्दैन थियौं । ग्राण्ड बैंकको तर्फबाट हामीलाई बोनस उपहार आएको सेयरधनीहरुले बिर्सन भएन ।’ उनले राष्ट्रबैंकले तोकेको समयभित्रै चुक्तापूँजी सुविधाजनक हिसाबले ८ अर्ब पुर्याउने बैंकमा आफूहरुले सफलता हासिल गर्ने प्रष्ट्याए । उनले सेयरधनीकै हितका लागि ४० प्रतिशत हकप्रदको प्रस्ताव पनि ल्याइएको जिकिर गरे । ‘४ सयको सेयर तपाईंलाई १ सयमा पाउने प्रस्ताव गर्नु चाहि हित भएन त ?’ प्रश्न गर्दै उनले भने–‘लगानीकर्ताहरु ढुक्क भए हुन्छ, हामी छोटो समयमै प्रभूलाई टप बैंक बनाउनेछौ ।’ 

सीइओको २ वर्ष 
वार्षिक साधारणसभा होस् वा अन्य समय, प्रभूू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको सुधारका लागि आफूहरुले तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै २ वर्ष समय माग्ने गरेका छन् । उनले सबै बित्तीय सूचकहरु सुखद रहेका उल्लेख गर्दै भन्ने गरेका छन्–‘मलाई २ वर्ष दिनुहोस, तपाईहरुले राम्रो प्रतिफल पाउने गरी बैंकलाई रहरलाग्दो र भरलाग्दो बनाउनेछुु।’