काठमाण्डौ । नेपाल प्रहरीको मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले बुधबार नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै स्वास्थ्यतर्फ १ सय ५७ प्राविधिक जनशक्ति मागेको छ । 

नेपाल प्रहरी अस्पतालतर्फ १ सय ४७ र केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालातर्फ १० जनाका लागि जागिरको अवसर खुलाएको हो । 

प्रहरीले सबैभन्दा बढी प्रहरी नायव निरीक्षक सो सरहको स्टाफ नर्सका लागि ५९ जना मागेको छ । प्रहरी निरीक्षक सोसरहको मेडिकल अफिसर तहको एमबिबिएसका लागि ५३ जना माग गरिएको छ । 

प्रहरीले डिएसपी सरहको इन्टरनल मेडिसिनतर्फ एमडीमा ४ जनाका लागि जागिरको अवसर खुलाएको छ । यस्तै, सोही तहमा ३ जना सर्जरी, २ जना अर्थो, १ जना गाइनो, ३ जना एनेस्थिया, २ जना रेडियोलोजी(एमडी), अप्थालमोलोजिस्टतर्फ १ जना मागिएको छ । इएनटीतर्फ एमडीमा प्रनाउ तहकै १ जना, सोही तहको एक साइक्र्याटिक, प्याथोलोजिष्ट एकजना मागिएको छ । यी सबै पदमा एमडी गरेकाले दरखास्त दिनसक्ने छन् । 

यसैगरी, प्रहरी निरीक्षकतर्फ २ जना डेन्टल अफिसरका लागि समेत जागिरको अवसर खुलाइएको छ । प्रहरी नायव निरीक्षकतर्फ फिजियोथेरापीतर्फ १ जना, सोही तहको ल्याब टेक्निसियनतर्फ ६ जना, रेडियोग्राफरतर्फ ६ जना र हेल्थ असिस्टेण्टतर्फ १ जनाका लागि पनि जागिरको अवसर खुलाइएको छ । 

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाका लागि पनि विभिन्न ४ पदमा १० जना जनशक्ति मागिएको छ । 

प्रहरी निरीक्षक सोसरहको बायोलोजी पदमा २ जना, केमेस्टी पदमा ३ जना, प्रहरी नायव निरीक्षकतर्फ बायोलोजी पदमा २ तथा प्रनानितर्फ केमेस्टी तहमा ३ जनशक्ति मागिएको छ ।  

नेपाल प्रहरी अस्पतालतर्फको पदहरुका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, हेटौडा, पोखरा, सुर्खेत र दिपायलबाट आवेदन फारम भर्न सकिनेछ । केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालातर्फ खुलाइएको पदहरुमा चाहि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसी, काठमाण्डौबाट मात्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

प्रहरी नायव उपरीक्षक सोसरहको पदमा लकागि १ हजार, प्रहरी निरीक्षक सोसरहका लागि ७ सय र प्रहरी नायव निरीक्षक वा सोसरहका लागि ४ सय दरखास्त राजश्व दस्तुर बुझाउनुपर्नेछ । 

खुलाइएका अन्य पदहरुको बिषयमा अन्य विस्तृत जानकारी तलको आवश्यकता सम्बन्धी विज्ञापनमा डबल क्लिक गरेर पढ्न सक्नुहुनेछ ।