काठमाण्डौ । राष्ट्रबैंकले प्राइम कमर्सियल बैंक लिमीटेडलाई विराट लक्ष्मी बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्राप्तिको अन्तिम स्वीकृति दिएको छ । 

राष्ट्रबैंकबाट अन्तिम स्वीकृति पाएसँगै एकीकृत बित्तीय कारोबार केही दिनमै सुरु गर्ने प्राइम कमर्सियल बैंकले जनाएको छ ।

डिडिए रिपोर्ट अनुसार प्राइम कमिर्सयल बैंकले अब यी दुुई बैंकलाई १००ः७५ः४० को सेयर स्वाप रेशियोको आधारमा आफूमा बिलय गराउनेछ । यसको अर्थ विराटलक्ष्मीको १ सय कित्ता सेयर भएकाहरुले प्राइम कमर्सियलको ७५ कित्ता सेयर पाउनेछन् भने कन्ट्रीका १ सय कित्ता सेयर हुनेले प्राइमको ४० कित्ता पाउनेछन् । यी दुुई विकास बैंकको बिलयपछि प्राइम कमर्सियल बैंकको चुक्तापूँजी ६ अर्ब ३२ करोड पुुग्नेछ ।