काठमाण्डौ ।  छिमेकी भारतले नेपाललाई प्रककृतिक ग्यास आपूर्ति गर्न र न्यसका लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सोमबार नयाँ दिललीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोबार सम्झौता भएको हो ।

भारतले यसअघि नेपाललाई पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ ।

नयाँ सहमतिसँगै खाना पकाउन एलपिजीको विकल्प प्राकृतिक ग्यास प्रयोग गर्न सकिनेछ जुन तुलनात्कम रुपमा सस्तो पर्नेछ ।

प्राकृतिक ग्यास एलपिजीको तुलनामा करिब आधा सस्तो हुने निगमले जनाएको छ । यो अहिले नेपालमा प्रयोग भइरहेको गोबर ग्यासजस्तै हो । यो ग्यास ल्याउन सके घर घरमा ग्यासको पाइपलाइन पुर्याएर सेवाम दिन सकिने निगको भनाई छ । यो खबर आजको नागरिकमा छापिएको छ ।