काठमाण्डौ । साङयङ मोटर्स्का नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस मोटर्स प्रा.लि.ले नक्सालमा सुविधासम्पन्न, आधुनिक तथा स्टेट–अफ–आर्ट एक्स्क्लुजिभ शोरुमको उद्घाटन गरेलगत्तै आफ्ना डिलर नेटवर्क र स्टेट–अफ–आर्ट सेवालाई साङयङ ग्राहकहरुमाझ विस्तार गर्ने योजना अनुसार आफ्ना प्राविधिक तथा सर्भिस इञ्जिनियरहरुलाई तालिम दिन थालेको छ । 

यही योजना अनुसार साङयङका सबै टेक्निसियन तथा सर्भिस इञ्जिनियरहरुलाई कोरियन प्रशिक्षक च्याङ हुन च्याङले फेब्रुअरी ६ देखि फेब्रुअरी १० सम्म विशेष तालिम दिएका छन् । 

च्याङले उनीहरुलाई साङयङ कारहरुमा देखिने समस्याहरुको हल गर्न, ट्रबलशुट, नयाँ टेक्नोलोजी डायग्नोसिस तथा समाधानका प्रक्रिया जस्ता विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । यो प्रशिक्षणले कम्पनीले साङयङ गाडीहरुमा हुने निरन्तर इन्नोभेसन तथा टेक्नोलोजिकल विस्तारसँग अपडेट रहन मद्धत बताइएको छ । ट्रेनिङ्गको अन्त्यमा कम्पनीको टेक्निकल टिमको परीक्षा समेत लिई प्रशिक्षणको प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैबीच, यस २०१७ को मार्च तथा सेप्टेम्बरको अन्त्यसम्ममा कम्पनीले नयाँ प्यचबलमय तथा च्भहतयल को अनावरण गर्नेछ । 

यसैगरी, आउने दिनहरुमा पनि अटोमोबाइल टेक्नोलोजीमा निरन्तर टेक्नोलोजिकल प्रगतिहरु कम्पनीले जनाएको छ । भविष्यमा पनि कम्पनीले कोरियन टिमलाई नेपाल बोलाएर वा यहाँको टिमलाई कोरिया पठाई यस प्रकारका प्रशिक्षणहरु गर्ने योजना रहेको बताइएको छ ।