काठमाण्डौ । दिनभरमा थोरै परिमाणमा १० पटक फलफूल तथा सागसब्जी खाएमा लामो आयूू हुने एक खोजबाट पत्ता लागेको छ । 

बीबीसीका अनुसार लण्डनस्थित इम्पेरियल कलेजका शोधकर्ताहरुले २० लाख मानिसमा गरेको अध्ययनपछि यस्तो निश्कर्ष निकालेका हुन् । 

खोजको क्रममा खानपानको यस्तो आदत बसाउन सक्ने हो भने प्रत्येक वर्ष विश्वभरका ७८ लाख मानिस असामयिक मृत्युुबाट बच्न सक्छन् । 

यो टिमले ती फलहरुको समेत पहिचान गरेको छ, जसको नियमित सेवनबाट क्यान्सर तथा हृदय रोगको खतरा समेत कम हुन्छ । 

वैज्ञानिकहरुका अनुसार एकपटकमा फलफूल वा सब्जीको ८० ग्राम हिस्सा मात्र लिनुुहोला । यसमा एक सानो केरा, एक नाशपति या मटर वा पालकको तीन चम्चा भरि परिणाम हुन्छ । फल तथा सब्जीको यो मात्रा दिनभरमा १० पटक खानुुपर्छ । 

२० लाख मानिसको खाने आनीबानीमाथि लगभग ९५ अलग अलग अध्ययन गरिएको थियो । 

पालक र फूलकोबी खानुहोस्
यदि तपाई हरियो सागसब्जी(जस्तै पालक), रातो सागसब्जी(जस्तै रातो खोर्सानी),तथा फूलकोबीजस्ता सागसब्जी नियमित खानुु हुन्छ भने तपाईलाई क्यान्सर हुने संभावना ज्यादै न्यून हुन्छ । 

यदि तपाई नियमित रुपमा स्याउ, नाशपाती, खट्टे फल, सलाद, हरियो पात भएको सब्जी खानुहुन्छ भने तपाईलाई मुटुसम्बन्धी रोग लाग्दैन । 

यो शोधको नतिजा इन्टरनेशनल जर्नल अफ एपीडेमियोलोजीमा प्रकाशित भएको छ । यसमा असामयिक मृत्युको खतराको बिषयमा पनि बताइएको छ । 

खोजको क्रममा फल तथा सब्जीहरुको २०० ग्राम खाँदा हृदयरोगको खतरा १३ प्रतिशत तथा ८०० ग्राम खाए २८ प्रतिशत कम हुन्छ । क्यान्सरको खतरा २ सय ग्रामबाट ४ प्रतिशत र ८ सय ग्रामबाट १३ प्रतिशत कम हुन्छ । 

असमयको मृत्युको खतरा २०० ग्राम फलसब्जीको सेवनबाट १५ प्रतिशत तथा ८ सय ग्रामबाट ३१ प्रतिशत कम हुन्छ । 

एन्टी अक्सीडेन्ट
खोजमा सामेल डाक्टर डागफिन आनले भनेका छन्–‘फल तथा सागसब्जी खाँदा कालेस्टोल लेभल र ब्लड प्रेसर कम हुन्छ । यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाइदिन्छ । यसबाट रगतको धमनीहरु पनि स्वस्थ हुन्छन् । फल तथा सागसब्जीमा कयौं प्रकारका एन्टी अक्सीडेन्ट तत्व हुन्छ, जसले डिएनएमा हुनेवाला कुनै पनि क्षतिलाई कम गराइदिन्छ । यसबाट क्यान्सरको खतरा समेत कम हुन्छ ।’ 

त्यसो त लण्डनमै पनि यति धेरै फल तथा सागसब्जी तीन व्यक्तिमा एकजनाले मात्र खान पाउँछन् । अन्य देशको अवस्था त झनै नाजुक छ ।