काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको थोत्रो कारोबार प्रणाली फेरि बिग्रिएको छ । बजारमा उछाल आइरहँदा नेप्सेको कारोबार प्रणाली(सिस्टम) एकाएक बिग्रिएको हो । 

नेप्सेले वेबसर्फर नेटवर्कमा खराबी आएका कारण कारोबार बन्द गर्नुपरेको दाबी गरेको छ । तर बजार उछालको गतिमा दौडिरहेको बेला नेप्सेले सिस्टम खराबी भन्दै कारोबार निलम्बन गर्नुलाई कतिपयले भने अर्थपूर्ण भनेका छन् । 

कतिपय विश्लेषकहरुले विगत लामो समयदेखि नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीलाई थोत्रो गाडीको संज्ञा दिने गरेका छन् । त्यही थोत्रो गाडी बिग्रदा लगानीकर्ता सेयर किन्न र बिक्री गर्न बञ्चित भएका छन् । नेप्सेले आफ्नो कारोबार प्रणाली सुधारमा ध्यान नदिंदा लामो समयदेखि लगानीकर्ताहरुलाई मर्का पर्दै आएको छ ।