काठमाण्डौ । मानिसको दैनिक जीवनको पर्याय जस्तै भइसकेको छ फेसबुक । खुशीको क्षण होस् या दुःखको, सफलताको घडी होस् या असफलताको, मानिस आफ्नो मनमा लागेको कुरा फेसबुकमा पोस्टिन अभ्यस्त भइसकेको छ । फेसबुकबिनाको जीवन अब साच्चिकै कठीन हुने अवस्था देखिएको छ । मानिसका लागि फेसबुक यति अनिवार्य चिज भइरहँदा हामीले यसलाई प्रयोग गरिरहेका छौ कि दुरुपयोग ? तपाईलाई थाहा नहुन सक्छ, फेसबुकले अब चाँडै नै यस्तो फिचर ल्याउँदैछ, जसलाई प्रयोग गरेर तपाईले घरमै बसी बसी राम्रो पैसा आर्जन गर्न सक्नुहुन्छ । 

एजेन्सीहरुका अनुसार फेसबुकले निकट भविष्यमै यस्तो फिचर ल्याउँदैछ, जहाँ तपाईले भिडियो अपलोड गरेबापत पैसा पाउनुहुन्छ । तर यसरी भिडियो पोस्ट गर्दा वा यो फिचरमा सामेल हुँदा फेसबुकका केही शर्त भने पूरा गर्नुपर्ने हुन्छ । यी शर्त पूरा गरेपछि भिडियो पोस्ट गर्नेले राम्रो पैसा कमाउन सक्नेछ । यूट्यूवपछि यस्तो फिचर लञ्च गर्ने फेसबुक पहिलो सामाजिक सञ्जाल बन्नेछ । यूट्यूूबमा पनि भिडियोहरु पोस्ट गरेर पैसा कमाउन सकिन्छ । पछिल्लो समय अधिकांश नेपाली कलाकारहरुले आफ्ना राम्रा गीत तथा छोटा फिल्म राखेर यूूट्यूूवबाट कुस्त कमाइरहेका छन् । यही कारण समेत विभिन्न टेलिसिरियल बन्दा हुँदा समेत कलाकारहरुलाई बाँच्न उति साह्रो कठीन भइहालेको छैन । फेसबुुकको यो फिचरले कलाकारहरुलाई कमाउने अर्को भाँडो थपिनेछ भने सर्वसाधारणले समेत घरमै बसी बसी लाखौं कमाउन सक्नेछन् । 

एजेन्सीहरुका अनुसार यदि कुनै प्रयोगकर्ताले अपलोड गरेको भिडियो अरुले १० सेकेन्डभन्दा बढी हेरे भने उसाई विज्ञापन प्राप्त हुनेछ । सो एडबाट हुने कमाई भिडियो अपलोड गर्ने व्यक्तिलाई दिइनेछ । भिडियोबाट हुने कमाईको ५५ प्रतिशत हिस्सा अपलोड गर्नेलाई दिइनेछ भने ४५ प्रतिशत फेसबुकले राख्नेछ । यूट्यूवबाट भिडियो अपलोड गर्नेहरुले पनि यत्ति नै अनुपातमा रकम पाउने गर्छन् । मिडिया रिपोर्टका अनुसार यो विषयमा फेसबुकले अहिलेसम्म आधिकारिक जानकारी भने दिएको छैन ।

अपलोड गरिएको भिडियो कम से कम ९० सेकेन्डको हुनैपर्छ । साथै फेसबुकले भिडियो अपलोड गर्ने गाइडलाइन पनि दिनसक्छ । यसको मतलब कुनै भिडियोबाट पैसा कमाउन सकिन्छ त कुनैबाट चाहि सकिन्न । कस्ता भिडियोबाट पैसा कमाउन सकिन्छ भन्ने बुुझेर अपलोड गरेपछि राम्रो आम्दानी हुनेछ । 

यसअघि पनि फेसबुुकले यस्ता प्रयोग गरेको थियो । २०१५ मा एउटा बेग्लै भिडियो सेक्सन बनाइएको थियो र त्यसबाट पब्लिसरलाई पैसा कमाउने मौका दिइएको थियो । अघिल्लो वर्ष पनि यस्तै अप्सन ल्याइएको थियो । फेसबुले भिडियो हेर्ने प्रयोगकर्ताहरुको बढ्दो रुचीलाई ध्यानमा दिएर नयाँ फिचर ल्याउन लागेको हो । २०१६ मा प्रतिदिन १० करोड प्रयोगकर्ताले भिडियो मात्रै हेरेका छन् जुन फेसबुकमा पहिलेदेखि अपलोड थिए ।