काठमाण्डौ । फ्रस्ट माइक्रो फाइनान्स विकास बैंक लिमीटेडलाई धितोपत्र बोर्डले २ बराबर १ (५० प्रतिशत)को अनुपातले हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

२०७२ असोज १९ गते सम्पन्न यो कम्पनीको सातौं वार्षिक साधारणसभाले आफ्नो सेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने निर्णय गरेको थियो । सोही निर्णयलाई बोर्डले स्वीकृति प्रदान गरेको हो ।

यो माइक्रो फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यको कुल १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद निश्कासन गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी  २६ करोड ४५ लाख रहेको छ । ५० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ३९ करोड ६७ लाखको उचाईमा पुुग्नेछ । 

फ्रस्ट माइक्रो फाइनान्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३ करोड ३६ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो ।