काठमाण्डौ । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर–४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार रु.४,६९,९०० मा किन्न सकिन्छ ।

नयाँ डोमिनार–४०० ले रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यो मोटरसाइकलको प्रमुख पक्ष भनेको यसको इञ्जिन हो । यसमा आधुनिक चेसिस इञ्जिनियरिङका साथमा ३७३.३ सीसीको ट्रिपल स्पार्क डिटिएसआई इञ्जिन छ, जसले गर्दा डोमिनार–४०० मोटरसाइकल चालक केटाहरु भन्दा फरक बयस्क पुरुष देखिन्छन् । यसको बिशाल उपस्थिति, अतुलनीय प्रस्तुति संगसंगै ३५ एक् २८००० च्एः ८ अधिकतम टर्क ३५ ल्ः २ ६५०० सम्म दिनसक्ने क्षमता छ । 

यसमा ६ स्पीड गियरबक्स र स्लीपर क्लच राखिएको छ भने १४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्दछ । डोमिनार ४०० ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केबल ८.२३ सेकेण्डमा नै तय गर्न सक्दछ  भने केबल ४६.१९ मिटरमा १०० किलोमिटर प्रति घण्टाबाट शुन्यमा ब्रेकिङ गर्न सकिन्छ, जसले यसलाई माथिल्लो तहको कार्यक्षमता प्रदान गर्दछ । यसमा भएको एडभान्स लिक्विड कुलिङ सिस्टमले इञ्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राका लागि सहज बनाउँछ । साधारण अर्थमा यो बजाज कम्पनीले उत्पादन गरेका सबै मोटरसाइकल भन्दा झनै एडभान्स मोटरसाइकल रहेको बताइएको छ । 

यसमा रहेको ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्कका साथमा ड्यूल च्यानल एबीएस(एन्टि लक ब्रेकिङ सिस्टम)ले ब्रेकिङलाई सुरक्षित बनाएको छ । यो बाइकमा ११०÷७० सेक्सन टायर फ्रन्टमा र १५०÷६० सेक्सन टायर रियरका साथमा १७ इञ्चको एलोए ह्विल राखिएको छ । डोमिनार ४०० पेरिमिटर सशक्त फ्रेमका साथै कन्टाउर प्रेस्ड स्टील स्वीङआमले सशक्त यात्राको अनुभूति दिन्छ । यसको फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क र मल्टिस्टेप एडजस्टेबल मोनो सक  राखिएको छ । डोमिनार ४०० मा यस बाइकको श्रेणीमा फूल एलईडी हेडल्याम्पका साथै अटोमेटिक हेडल्याम्प अन विशेषता रहेको छ, जसले यूनिक र प्याटेन्टेड प्रविधिको सहकार्यले स्तरीय कार्य दक्षता दिन्छ । 

शानदार आकार र अवस्थिती गर्दै  बजाज डोमिनारको लम्बाई २१५६ एमएम, चौंडाई ८१३ एमएम तथा १११२ एमएमको उचाई प्रदर्शीत गरिरहेको छ । यो बाइकमा १४५३ एमएमको ह्वीलबेस छ भने यसको ग्राउण्ड क्लियरेनस १५७ एमएम रहेको छ । यसका साथै बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ भने यसको कुलतौल १८२ केजी रहेको छ । आरामदायक ह्याडलिङ, डाइनामिक स्थिरता र चट्टान जस्तो दृढताका साथ डोमिनार ४०० ले यसलाई इञ्जिनियरिङ आश्चर्यता प्रतिबिम्बित गर्दछ । यसको मूूल सिद्धान्त भनेको डोमिनार ४०० ले यात्रालाई शक्तिशाली क्रूजमा परिवर्तन गर्दछ ।
डोमिनार ४०० नेपालभरका बजाजका शो रुमहरुमा उपलब्ध रहेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले भने,–“डिजाइन र इञ्जिन प्रविधिको क्षेत्रमा, बजाजले  सधैँ सर्वोत्कृष्ट उत्कृष्टता प्रस्तुत गर्दै  आएको छ । यो अतिरिक्त शक्तिशाली मोडलका साथमा, हामी निरन्तर यसको बिरासत कायम गरिरहेका छौं । हामी यो ढुक्क छौं की डोमिनार ४०० ले सहि यात्रुहरुलाई अपेक्षा भन्दाबढि अनुभव प्रदान गर्दछ । यसले वास्तवमा नै बिग ब्वाईज प्ले एट नाइटलाई सार्थक बनाउँछ ।’