काठमाण्डौ । निरन्तर मूल्य घटेर प्रति कित्ता १ हजार ६ सयमा झरेकै दिन शिखर इन्स्योेरेन्सको प्रतिकित्ता प्रिमियमसहित १ हजार ६ सय २० रुपैयाँमा एफपीओ निश्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा राखेको छ । 

बजार मूल्य नै १ हजार ६ सयमा झरिसकेको शिखरको प्रस्तावलाई फागुन २ गतेको मितिमा आवेदन आएको भनेर बोर्डले पाइपलाइनमा राख्नुुलाई भने अनौठो रुपमा हेरिएको छ । कारण, फागुुन २ को मितिमा शिखरको बजार मूल्य १६ सय मात्र छ ।

स्ट्याण्डर्ड चार्टर्डलाई आवेदनको १८ दिनमै एफपीओ निश्कासनको अनुमति दिएर विवादित बनेको बोर्डले शिखर इन्स्योरेन्सलाई एक वर्षको अवधिमा दोश्रो पटक उच्च मूल्यमा एफपीओ निश्कासनको आवेदन स्वीकार गर्दै प्रस्तावलाई पाइपलाइनमा राखेको हो । 

पाइपलाइनमा राखिनुुको अर्थ आवेदन स्वीकार गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको रुपमा बुुझ्नुुपर्छ । शिखरले प्रस्ताव गरेकै मूल्य बोर्डबाट स्वीकृत भएको चाहि होइन । तर, बजार मूल्य नै १ हजार ६ सयमा झरिसकेको शिखरको प्रस्तावलाई फागुन २ गतेको मितिमा आवेदन आएको भनेर बोर्डले पाइपलाइनमा राख्नुुलाई भने अनौठो रुपमा हेरिएको छ । कारण, फागुुन २ को मितिमा शिखरको बजार मूल्य १६ सय मात्र छ ।

एफपीओ जारी गर्ने बिषयको स्पष्ट नीति नभएको फाइदा उठाउँदै शिखर इन्स्योरेन्सले एकवर्षको अवधिमा दोश्रो पटक एफपीओ प्रस्ताव गरेको हो । 

शिखरले अहिलेसम्मको एफपीओमध्ये सबैभन्दा उच्च मूल्य प्रस्ताव गरेको छ । यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १५ सय २० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १६ सय २० को प्रस्ताव गरेको छ । तर, यो प्रस्ताव जस्ताको तस्तै पारित हुने संभावना छैन । आगामी दिनमा बिमा समूहका लागि बजार उति सारो सहयोगी होला भन्ने आधार देखिदैन, यो हिसाबले यसको सेयर मूल्य अझ घट्नसक्छ । त्यसो भएको खण्डमा प्रस्तावितमध्ये निकै तल झरेर यो कम्पनीले एफपीओ जारी गर्नुपर्ने हुनसक्छ । 

शिखर इन्स्योरेन्सले १३ लाख ६२ हजार ७ सय ८१ कित्ता एफपीओ निश्कासनको माग गर्दै आवेदन दिएको हो । एनआइबिएल क्यापिटल लिमीटेडलाई एफपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धक बनाइएको छ । 

२०७३ पुस ८ गते सम्पन्न कम्पनीको १२ औं वार्षिक साधारणसभाले एफपीओ निश्कासनको प्रस्ताव पारित गरेको थियो । सोही म्याण्डेड अनुसार कम्पनी अगाडि बढेको हो । 

प्रस्तावित एफपीओ स्वीकृतसँगै निश्कासन भएपछि कम्पनीमा हाल रहेको संस्थापक सर्वसाधारण सेयरधनीको सेयर संरचना अनुपात ७०ः३० रुपान्तरण भई ६० : ४० हुने बताइएको छ । 

शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यसले प्रिमियमबाट मात्र यो अवधिमा ७५ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट लगानीकर्तालाई बिमा कम्पनीहरुमध्येकै सर्वाधिक ६० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस सेयरको पूँजीकरण र प्रस्तावित एफपीओ समेत जारी भएपछि यो कम्पनीको चुक्तापूँजी ९५ करोड ३९ लाखको उचाईमा पुुग्नेछ । एफपीओपछि यसको रिजर्बमा २ अर्ब ७ करोड रुपैयाँको हाराहारीमा रकम जम्मा हुनेछ ।