काठमाण्डौ । पछिल्लो दुुईसाता बजार स्थिर बनेको छ । नेपालको सेयर बजारमा १० अंकसम्मको घटबढलाई सामान्य मानिन्छ । यो हिसाबले हेर्दा बजारमा ठूलो पहिरो गएन । यो साताको अन्तिम कारोबार दिन समेत झिनो अंकले नेप्से बढे पनि कारोबार रकम चाहि अघिल्लो दिनको भन्दा १७ करोड बढी हुँदा आगामी साता समेत बजार माथि जाने संकेत देखिएको अनुुभवी ब्रोकर बताउँछन्। 

सेयर बजारका लागि ‘हटकेक’ वा ‘मार्केट मेकर’को रुपमा चिनिइने स्ट्याण्डर्ड चार्टर्डको एफपीओको लहरले समेत बजारलाई कुनै असर नगर्नुले समेत आगामी बजारमा ठूलो समस्या नआउने 

‘बजार स्थिर भएको  देखिएको छ ।’ स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले बिजशालासँग भने–‘बजार परिसूचकको सामान्य बढोत्तरीमा कारोबार रकमले चाहि फड्को मार्नु आगामी बजारको लागि सुखद पक्ष हो ।’ उनले बजार स्थिर भइसकेकोले लगानीकर्ता अत्तालिनुपर्ने वा अस्थिर मन बनाउनुपर्ने आवश्यकता नरहेको दाबी गर्छन् । 

सेयर बजारका लागि ‘हटकेक’ वा ‘मार्केट मेकर’को रुपमा चिनिइने स्ट्याण्डर्ड चार्टर्डको एफपीओको लहरले समेत बजारलाई कुनै असर नगर्नुले समेत आगामी बजारमा ठूलो समस्या नआउने कतिपयको दाबी छ । 

यस्तो रह्यो बिहीबारको बजार
साताको अन्तिम कारोबार दिन बिमा समूह ३३ अंकले बढ्यो भने वाणिज्य बैंक र अन्य समूहमा क्रमशः १.३१ र १.१६ अंकको झिनो वृद्धि मात्र देखियो । बाँकी सबै समूहको सूचक घट्यो । 

सबैभन्दा बढी जलविद्युत समूहको सूचक १३.८७ अंकले घट्यो भने होटल समूह ६.८३, विकास बैंक समूह १.७३ र बित्त समूह ०.०८ अंकले घटे । 

क वर्गका कम्पनीको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले बढ्यो भने फ्लोट इण्डेक्स पनि ०.०७ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा १ सय ३६ कम्पनीका १३ लाख ४६ हजार १ सय ७० कित्ता सेयर  ५३ करोड ७३ लाख बढीमा किनबेच भयो । 

बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडको ७ करोड १२ लाख बढीको संस्थापक सेयर किनबेच भयो भने नेशनल लाइफ इन्स्योरेन्सले ७ करोड १० लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकले ४ करोड ९५ लाख बढीको कारोबार गर्दा लक्ष्मी बैंकले २ करोड ९० लाख बढीको कारोबार गर्यो । एनबी बैंकले २ करोड ६६ लाख, नेशनल हाइडोपावर कम्पनीले २ करोड ३४ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान र बाँकी १ स्थान जलविद्युत कम्पनीले कब्जा गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार ङ्याग्दी हाइड्रोपावर लिमीटेडले सबैभन्दा धेरै कमाएको छ । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढ्यो । यस्तै, ज्योति विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, एनसीसी बैंक, सेती फाइनान्सको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । 

साताको अन्तिम कारोबार दिन वेस्टर्न डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ । अपी पावरको मूल्य पनि ४.३५ प्रतिशतले घट्यो ।