काठमाण्डौ । कारोबार समय सुरु भएदेखि नै बिग्रिएको नेप्सेको वेबसाइट मर्मतपछि सुचारु भएको छ । 

यो समाचार तयार पार्दासम्म(१२.०७ सम्म) बजार उकालो लाग्न सुरु गरिसकेको छ । ९.८४ अंकले नेप्से परिसूचक बढेको छ भने ३१ करोड ४१ लाख बढीको कारोबार समेत भइसकेको छ । 

....................................................................................................................

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणाली तथा वेबसाइटलाई बेला बेला टिप्पणीकारहरुले थोत्रो गाडीको संज्ञा दिने गरेका छन् । यी दुुईमध्ये एउटा थोत्रो गाडी बिहीबार कारोबार समय सुरु नहुँदैदेखि बिग्रिएको छ । 

नेप्सेका अधिकारीहरुको चरम बेवास्ता, लापरबाहीका कारण कारोबार समयमा समेत लगानीकर्ताहरुले बजार घटेको, बढेको लगायतका गतिविधि अनलाइन हेर्नबाट बञ्चित भएका हुुन् । वेबसाइटको माध्यमबाट बजारलाई अध्ययन गरेर लगानी गर्नेहरु समेत यो अवसरबाट बञ्चित भएका छन् । 

वेबसाइट बिग्रिए पनि कारोबार प्रणाली भने बिग्रिएको छैन । यसको अर्थ कारोबार भने जारी रहेको छ । एक ब्रोकरका अनुसार यो समाचार तयार पार्दासम्म बजार १२ अंकले घटिसकेको छ । हिजोदेखि घट्न सुरु भएको बजारमा करेक्सनको मोड देखिएको र यसले अल्पकालीन लगानी गरेर नाफा कमाउनेहरुले राम्रो नाफा भएपछि सेयर बिक्रीका लागि तँछाडमछाड गर्दा यस्तो अवस्था आएको देखिएको छ । 

नेप्सेका एक अधिकारीले वेबसाइट मर्मतको काम भइरहेको बताए । उनले प्राविधिक टोली चाँडो भन्दा चाँडो वेबसाइट एक्सेस गर्ने काममा लागिपरेको दाबी समेत गरे ।