काठमाण्डौ । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा जारी बिग सेल मेलामा उपभोक्ताको भीड लागेको छ । 

६ दिनको अवधिमा मेलामा हजारौंको सहभागिता भइसकेको आयोजक नेपाली जुत्ताघरले जनाएको छ । 

बिग सेल मेलामा विभिन्न कम्पनीले जाडोयाम लक्षित नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रीवितरण गरिरहेका छन् ।  

नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको बिग सेल मेलामा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्री मूूल्यमा ७५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । मेलामा रु. १५० देखि रु. १० हजारसम्मका जुत्ता तथा चप्पल बिक्रीवितरणमा राखिएको छ । 

यो मेलामा उपभोक्ताले सर्वसुलभ मूूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासका लागि एक अनुपम थलो हुने विश्वास आयोजकको छ । नेपाली जुत्ताघरमा आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यसअघिका बिग सेल मेलामा आएका उपभोक्ताहरु नै यस मेलाको प्रतिक्षामा रहने गरेका पाइएको आयोजकको दाबी छ । 

नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरीय जुत्ताचप्पल बार्षिक रुपमा निश्चित समयका लागि बिशेष छुट र सहुलियतसहित आश्चर्यजनक प्रतिस्पर्धी मूूल्यमा बिक्रीवितरण गरी नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले बताए ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरीय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्ट्स तथा लेडिज स्याण्डलहरु मेलामा उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोरभन्दा बढी जुत्ता चप्पलहरु खरीद गर्ने अनुमान गरिएको छ । 

राष्ट्रिय नाचघर जमल स्थित मुख्य सोरुम सहित आप्mनो स्थापनाको ४ बर्षको अबधिमा नेपाली जुत्ता घरले आप्mनो सेवा बिस्तार गर्ने क्रममा महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी, नमस्ते सुपरमार्केट पुल्चोक र बुद्धमल बालाजुमा गरी ५ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ । 
यसैबीच, बिग सेलको यो योजना नेपाली जुत्ता घरका सबै बिक्रि कक्षहरुमा समेत उपलब्ध गराईएको छ ।