काठमाण्डौ । निकै लामो समयपछि नेप्से परिसूचक घटेर १३ सय तल ओर्लिएको छ । साताको अन्तिम कारोबार दिन परिसूचकमा २६.७५ अंकको पहिरो गई १२९६.२३ अंकमा झरेको हो । 

परिसूचकले १३ सय मुनिको निरश यात्रा सुरु गरेसँगै बजारको गिर्दो गतिबाट म्युुचुुअल फण्डका लगानीकर्ता पनि अत्तालिएका छन् । यही अत्यासका कारण उनीहरुले घटेकै मूल्यमा सेयर बिक्री गर्न थालेपछि बिहीबार तीनवटा म्युुचुुअल फण्डले मात्रै साढे १४ करोड बढीको कारोबार गरे । समग्र सेयर बजार घट्दा विभिन्न कम्पनीमा लगानी गरेका म्युुचुुअल फण्डहरुको खूद सम्पत्ति मूल्य पनि घटेर ठूलो घाटा खाना आउने अवस्था आएको छ । थप घाटा भई लगानी बर्बाद हुने डरले यस्ता स्किमका लगानीकर्ता समेत डराएर सेयर बिक्रीमा केन्द्रीत हुँदा बजारमा थप पहिरो गएको छ । 

परिसूचकले १३ सय मुनिको निरश यात्रा सुरु गरेसँगै बजारको गिर्दो गतिबाट म्युुचुुअल फण्डका लगानीकर्ता पनि अत्तालिएका छन् । यही अत्यासका कारण उनीहरुले घटेकै मूल्यमा सेयर बिक्री गर्न थालेपछि बिहीबार तीनवटा म्युुचुुअल फण्डले मात्रै साढे १४ करोड बढीको कारोबार गरे । 

बिहीबार बजार परिसूचक घटे पनि कारोबार रकम(टर्नओभर)को भरपर्दो साथले बजारमा स्थिरता आउला कि भन्ने आशा भने यथावत नै छ । 

साताको अन्तिम कारोबार दिन सबैभन्दा बढी बिमा कम्पनीहरुले गुमाएका छन् । धेरै गुमाउने कम्पनीको लहरमा एकदेखि ६ नम्बरसम्म बिमा कम्पनीहरुकै बर्चश्व रहनुुले समेत यी कम्पनीका लगानीकर्ताको कसरी जहाज डूूब्यो भन्ने कुरा बुुझ्न गाह्रो छैन । 

बिहीबार तीनवटा म्युुचुुअल फण्डले मात्रै साढे १४ करोड बढीको कारोबार गरेका कारण समेत कुल कारोबारले ५७ करोड ६० लाखको उचाई चुमेको हो । 

यो दिन सबै समूहको परिसूचकमा रातो पोतियो । बिमा समूहमा भीषण पहिरो गयो । यो समूहको परिसूचक एकैदिन २२४.१८ अंकले घट्यो । वाणिज्य बैंक समूहमा २६.८४, जलविद्युत समूहमा ३६.६३ र विकास बैंक समूहमा १९.३८ अंकको पहिरो गयो । यस्तै, बित्त समूह, होटल र अन्य समूह क्रमशः ७.०५, १३.०८ र ३.४७ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ५.७३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.०९ अंकको उच्च गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा १३४ कम्पनीका ५७ करोड ६० लाख मूल्य बढीको सेयर किनबेच भयो । सबैभन्दा बढी सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमले ५ करोड ६४ लाख बढीको कारोबार गर्यो । यस्तै, एनआइबिएल समृद्धि फण्ड १ ले ५ करोड ५१ लाख र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले ३ करोड ५१ लाख बढीको कारोबार गरे । प्रभूू बैंकको ३ करोड २८ लाख, नेपाल लाइफको २ करोड ७ लाख, सानिमा बैंकको १ करोड ८३ लाख बढीको कारोबार भयो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थानमा वाणिज्य बैंक, ३ स्थानमा म्युुचुअल फण्ड, एक स्थानमा बिमा र एकस्थानमा विकास बैंकको कब्जा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
साताको अन्तिम कारोबार दिन बिहीबार ७ कम्पनीको सेयर मूल्य मात्र बढ्यो, त्यो पनि झिनो अंकले । सबैभन्दा बढी मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ५.७१ प्रतिशतले बढ्यो । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको सेयर मूल्य २.६७ र यो कम्पनीको प्रोमोटर सेयरको मूल्य २ प्रतिशतले बढ्यो । 

सिनर्जी फाइनान्सको सेयर मूल्य १.४१ प्रतिशतले वृद्धि भयो भने बाँकी ३ कम्पनीको सेयर मूल्यमा १ प्रतिशतभन्दा कमको वृद्धि भयो । 

बिहीबार १२७ कम्पनीका लगानीकर्ता ठण्डाराम बन्नुुपर्यो । यी सबै कम्पनीका सेयरधनीले गुमाए, उनीहरुको एकैदिन करोडौं रुपैयाँ डूूब्यो । 

सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्यमा पहिरो गयो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । यस्तै, यूनाइटेड इन्स्योरेन्सको लगानीकर्ताले पनि ९.२४ प्रतिशतले सम्पत्ति गुमाए । 

प्रूडेन्सियल इन्स्योेरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सूूर्य लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा क्रमशः ८.६३, ८.६२, ८.५९ र ८.५७ प्रतिशतको पहिरो गयो । ओमी माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले ८.४८ प्रतिशतले सम्पत्ति गुमाए भने अपी पावर कम्पनीको सेयर मूल्य साढे ७ प्रतिशतको हाराहारीमा घट्यो ।