काठमाण्डौ । अघिल्लो साताको बुलिस ट्रेण्डलाई पछ्याउँदै आइतबारको बजार बुर्कुसी मारी निकै फराकिलो अन्तरमा वृद्धि भएको छ । सबैभन्दा बढी जलविद्युत कम्पनीमा साढे ८ प्रतिशतको हाराहारीमा उछाल आएको छ भने एकबाहेक अधिकांश कम्पनी ३ प्रतिशत तथा केही सो भन्दा पनि माथिको बढोत्तरीसँगै चम्किएका छन् । 

हराभरा बजारका बीच लगानीकर्ताहरु मालामाल भएका छन् । चारवटा कम्पनीले झिनो अंकमा सम्पत्ति गुमाए पनि बाँकी अधिकांश कम्पनीका लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको छ । 

हरियालीको बहार छाएको आइतबारको बजार तीन कम्पनीका लागि भने दुुर्भाग्य साबित भयो । सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा डेभलपमेन्ट बैंक र प्रभूू इन्स्योरेन्सका संस्थापक सेयरधनीले सम्पत्ति गुमाउनुु पर्यो ।

आइतबार नेप्से परिसूचक ४७.७९ अंकले वृद्धि भई १५ सय ३३ दशमलव ८३ अंकको उचाईमा पुुगेको छ । बजार एकैदिन ३.२२ प्रतिशतले वृद्धि भएको हो । 

परिसूचकमा ठूलो अन्तरको बढोत्तरीसँगै कारोबार रकम पनि बढेर १ अर्ब ७६ करोडको उचाईमा पुुगेको छ । 

आइतबार सबैभन्दा बढी जलविद्युत समूहको सूचक ८.६८ प्रतिशतले वृद्धि भएको छ । अंकको हिसाबले यो समूहमा १५९.४ अंकको वृद्धि भयो । यस्तै, होटल समूह ९६.४५ अंक(४.९३ प्रतिशत)ले वृद्धि भएको छ भने वाणिज्य बैंक, विकास बैंक र बित्त समूह क्रमशः ४४.४१, ६०.९७ र २४.७ अंकले बढेका छन् । बिमा समूहमा २०३.३७ अंक(२.८१) प्रतिशतको वृद्धि भएको छ भने अन्य समूह ६.६५अंकले बढेको छ । 

'क' वर्गका कम्पनीमा एकाएक खरीद चाप परेपछि सेन्सेटिभ इण्डेक्स १०.२२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ३.८२ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ४३ कम्पनीका कुल ३ लाख ७ हजार सय २२ कित्ता सेयर १ अर्ब ६ करोड  लाख ५ हजार ६ सय ५६ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी प्रभूू इन्स्योरेन्सको १९ करोड २८ लाख बढीको प्रोमोटर सेयर किनबेच भयो । एनसीसी बैंकले ९ करोड ६८ लाख, नेशनल हाइडोपावर कम्पनी लिमीटेडले ८ करोड ४४ लाख, सानिमा बैंकले ६ करोड १८ लाख, एनबी बैंकले ५ करोड ७९ लाख, लक्ष्मी बैंकले ५ करोड ५३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ५ करोड ७ लाख, कृषि विकास बैंकले ४ करोड ७७ लाख बढीको कारोबार गरे । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ७३ लाख र नेपाल बैंक लिमीटेडले ४ करोड ६१ लाख बढीको कारोबार गरे । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंकले, २ स्थान बिमा कम्पनी र एक स्थान जलविद्युत कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
हरियालीको बहार छाएको आइतबारको बजार तीन कम्पनीका लागि भने दुुर्भाग्य साबित भयो । सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा डेभलपमेन्ट बैंक र प्रभूू इन्स्योरेन्सका संस्थापक सेयरधनीले सम्पत्ति गुमाउनुु पर्यो । बाँकी १ सय ४० कम्पनीकै सेयरधनीले आइतबार सम्पत्ति मूल्य बढाए । १८ कम्पनीले १० प्रतिशतको हाराहारीमा सम्पत्ति मूल्य बढाए । हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त बित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले पैसा छापे । यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरले वृद्धि भयो । १० प्रतिशतकै हाराहारीमा अन्य १५ कम्पनीको मूल्य समेत बढ्यो । ती कम्पनीहरुमा कृषि विकास बैंक, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, नेपाल ग्रामीण विकास बैंक, महिला सहयात्रा माइक्रो फाइनान्स, एनबी इन्स्योरेन्स कम्पनी, चिलिमे हाइडोपावर, मिथिला लघुवित्त विकास बैंक, रिलायन्स लोटस फाइनान्स, वरुण हाइडोपावर, अपी पावर कम्पनी, गुड्विल फाइनान्स, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, सेती फाइनान्स, भार्गव विकास बैंक र बुटवल पावर कम्पनी लिमीटेड रहेका छन् । 

चार कम्पनीले ९ प्रतिशतको हाराहारीमा सम्पत्ति मूल्य बढाएका छन् । ती कम्पनीहरुमा माउण्ट मकालुु डेभलपमेन्ट बैंक, आइएलएफसीओ माइक्रो फाइनान्स, पोखरा फाइनान्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेका छन् ।