काठमाण्डौ । लगानीकर्ताहरुको लामो प्रतिक्षापछि बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले साढे २३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको बिहीबार बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट लगानीकर्ताले २३.५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

बोर्डको यो निर्णय नियामक नेपाल राष्टबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

यो बैंकको हाल चुक्तापूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ रहेको छ । २३.५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको कुल चुक्तापूँजी ५ अर्ब ६५ करोड भन्दा बढी पुुग्नेछ । 

यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।