काठमाण्डौ । फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आगामी बैशाख २८ गतेदेखि ५० प्रतिशतको दरले हकप्रद निश्कासन गर्ने भएको छ । 

यो बैंकले कुल १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद सेयरधनीका लागि निश्कासन गर्ने भएको हो । 

सेयरधनीले जेठ ३१ गतेभित्र निश्कासित हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको बैंकले एक सूचना प्रकाशित गरी जनाएको छ । 

फ्रस्ट माइक्रो फाइनान्सको हकप्रदको बुक क्लोजको मिति चैत ३० गतेलाई तोकिएको थियो । यसको अर्थ चैत २९ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । 

ग्लोबल आइएमई क्यापिटल लिमीटेड हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

इच्छुक सेयरधनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडको काठमाण्डौ जमलस्थित प्रधान कार्यालय, फ्रस्ट माइक्रो फाइनान्स तथा ग्लोबल आइएमई बैंकका शाखा कार्यालयबाट समेत हकप्रदका लागि आवेदन भर्न पाउनेछन् । 

फ्रस्ट माइक्रो फाइनान्सले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५ करोड ७६ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो कम्पनीको चुक्तापूँजी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्तापूँजी ३९ करोड ६७ लाखको उचाईमा पुुग्नेछ ।