काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सले आगामी बैशाख २८ गतेदेखि धितोपत्र बोर्डबाट स्वीकृत १९.२३ प्रतिशत हकप्रद सेयरको निश्कासन गर्ने भएको छ ।

यो बिमा कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद निश्कासन गर्ने भएको हो ।

सिद्धार्थ इन्स्योरेन्सका सेयरधनीले बैशाख २८ गतेदेखि जेठ ३१ भित्र हकप्रदका लागि आवेदन दिनुपर्ने बताइएको छ ।

आज सो कम्पनीको हकप्रदको बुक क्लोज हो । यसको अर्थ बैशाख १४ गतेभित्र यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र घोषित हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।  

यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

इच्छुक सेयरधनीले नयाँबानेश्वर स्थित लक्ष्मी क्यापिटल मार्केटको मुख्य कार्यालय र लक्ष्मी बैंकका तोकिएका शाखामा गएर हकप्रद भर्न पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्सको हाल चुक्तापुँजी ४४ करोड ८३ लाख रुपैयाँ रहेको छ । हकप्रदको सेयर बिक्रीपछि चुक्तापुँजी ५३ करोड ४५ लाखको उचाईमा पुग्नेछ ।