काठमाण्डौ ।  राप्रपा नेपाल र राप्रपा एकीकरणपछि एकीकृत पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणालाई अहापूm पक्षीय नेतालाई पद बाँड्न ठूलो सकस भएको छ ।

भागबन्डा मिलाउने क्रममा राप्रपामा अब उपाध्यक्ष ६, महामन्त्रीमा ६ र सहायक मन्त्रीहरु २२, कोषध्यक्ष २, प्रवक्ता २, सहायक प्रवक्ता ४ जना तोकिए । अध्यक्ष थापाले मंगलबार मात्र २२ नेतालाई सहायक महामन्त्री मनोनयन गरे । २२ जनामा नपरेका महेश्वर रोकालगायत नेताले मंगलबारै बैठक गरी निर्णयको कडा विरोध गरेका छन् ।

सहायक महामन्त्री मनोनयन गरिएका २२ नेताले मंगलबारै चिठी बुझिसकेका छन् । सहायक महामन्त्रीमा मनोायन गरिएका जगत गौचन र अर्जुन राईले आपूmलाई सहायक महामन्त्रीमा मनोनयन गरी मानमर्दन गरिएको भन्दै चिठी बुझेका छैनन् ।

सहायक महामन्त्री मनोनयन गरिएकामा कुन्ती शाही, बिन्दु पहाडी, जगत गौचन, राम थापा, राजकुमार खड्का, तारानाथ लुइँटेल, राजेन्द्र श्रेष्ठ, प्रह्लाह शाह, धर्मराज जोशी, मीना सुवेदी, गणेश यादव, मुकुन्द, श्याम गिरी, मीरा राणा छन् । यसैगरी सहायक महामन्त्रीममा वृजलाल यादव, राजेश गिरी, मनोज प्रधान, भुपाल किराँती, रामप्रताप शाह, अर्जुन राई र मोहन यादव छन् । आजको नागरिक दैनिकमा खबर छ ।


पार्टीका एक शिर्ष नेताले आगामी केहि दिनभित्रै अरु आठ नेतालाई सहायक महामन्त्रीमो मनोनयन गर्ने तयारी भैरहेको बताए । हाल राप्रपाको केन्द्रीय समिति २ सय १५ सदस्यीय छ ।