काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको भाउ घटेको छ । 

मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर भारु १.४६ र डिजेल भारु १.५३ ले घटेको हो । 

यसअघि भारतमा लगातार ५ पटकसम्म पेट्रोलियम मूल्य वृद्धि भएको थियो । 

नोभेम्बर ६ मा पेट्रोल ८९ र डिजेल ८६ पैसाले बढेको थियो । त्यसअघि अक्टोबर १५ मा १.२४ पैसाले भाउ वृद्धि भएको थियो । 

अगस्ट ३१ मा चाहि पेट्रोलको भाउमा भारु ३.३८ ले वृद्धि भएको थियो । 

नेपालले खपत गर्ने पेटोल तथा डिजेल भारतबाटै आयात हुने भएकोले त्यहाँको मूल्य घटबढले यहाँ पनि प्रभाव पार्छ । यसअघि मूल्य बढे पनि दशैंतिहार र छैठ पर्वसम्म उपभोक्तालाई राहात दिने सरकारी नीति अनुसार स्वचालित मूल्यप्रणाली लागू भएको थिएन । तर अब मुख्य चाँडपर्व सकिएकोले स्वचालित मूल्य प्रणाली अनुसार नै नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्ने बताएको छ । आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट आउने मूल्य सूचिका आधारमा नयाँ मूल्य सूचि तोक्ने बताइएको छ ।