काठमाण्डौ । भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्न सक्ने आशंकामा त्यहाँको केन्द्रिय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ ।

सिबिआईले भारतीय परराष्ट्र मन्त्रालयमार्फत नेपालको गृहमन्त्रालयलाई औपचारिक पत्र पठाएर ती व्यक्तिलाई नेपालबाट उम्कन नदिन आग्रह गर्ने तयारी थालेको हो ।

सिबिआईको अनुसन्धानमा भण्डारीको निकटता नेपालकमा दलका नेता र व्यापारीसँग देखेपछि उनी नेपालमा हुन सक्ने आशंका बढेको हो ।

यस्तै भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर बेलायत जान सक्ने आशंकामा भारतले नेपाली पक्षसँग भण्डारीलाई पक्रन सहयोग माग्ने भएको हो ।

भारतीय पक्षले यसअघिसम्म नेपालमा आफ्ना मान्छे पक्रन अनौपचारिक च्यानल प्रयोग गर्ने गर्दै आएको थियो । नेपालमा आफ्नै गुप्तचर एजेन्सी सक्रिय बनाउने र नेपाल प्रहरीको सहयोगमा पक्राउ गरी गोप्य रुपमा लैजाने आपसी समझदारी थियो ।

सन् २००४ मा रिसर्च एन्ड एनालाइसिस विङ (र) का एक बरिष्ठ अधिकारी नेपाल भएर अमेरिका भागेपछि भारतीय पक्षले खोजीमा रहेका अभियुक्त विरुद्ध नेपालसँग सहयोग माग्न थालेको हो । यो खबर आजको नागरिकमा छापिएको छ ।