काठमाण्डौ  । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ । 

ग्राहक वर्गमा सरल, सहज र अधिक पहँुचको दृष्टिले सो शाखालाई पुस २४ गतेदेखि साविक लालबन्दी, पुरानो  क्षेत्रबाट सोही वडाको करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको हो । २०७२ सालको महाभूकम्पका कारण सो कार्यालय रहेको भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । 

सो शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन बैंकका अध्यक्ष सुशीलराज पराजुलीले गरे । सो क्रममा उनले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक हालसम्म देशका विकास बैंकहरुमा सबैभन्दा बढी चुक्तापूँजी भएको बैंक रहेको जानकारी गराएका थिए । 

यो बैंकले आप्mना शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटीएम, एबीबीएस, मोवाइल बैकिंग लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टरबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हालै भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई अक्सफोर्डको लण्डनमा बेस्ट इन्टरप्राइजेज अवार्ड प्रदान गरिएको थियो । यस्तै, बैंकको प्रमुख कार्यकारी अधिकृत झलक खनाललाई मेनेजर अफ दि इयरको उपाधिले समेत लण्डनमै सम्मान गरिएको थियो ।