काठमाण्डौ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएपछि  सर्वसाधारणको भागदौड मच्चिएको छ । 

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ आँै भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । 

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् । तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयाना रहेको बताइएको छ । 

लगातार भूकम्प गएपछि स्थानीय घरबाहिर खुल्ला ठाउँमा जम्मा भएका छन् । केही महिनाअघिदेखि नै विदेशी विज्ञहरुले नेपालको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जानसक्ने भन्दै सचेत रहन आग्रह गर्दै आएका थिए ।