काठमाण्डौ ।दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरवार/सिंहमहल) को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ।

‘दुबै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैंले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’

पुरातत्व विभागले यी दुई राणाकालिन दरबार भत्काउन स्वीकृति दिएपछि भवन भत्काएर भग्नावशेष बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।