काठमाण्डौ । आगामी बैशाख ३१ गते स्थानीय निर्वाचनको घोषणा भएपछि निर्वाचन आचारसंहिता समेत लागूू भइसकेको छ । सानो झुण्डको बहिस्कारको धम्कीले निर्वाचनको माहौललाई खासै असर पुुर्याएको छैन । गाउँदेखि शहरसम्म निर्वाचनको माहौल तातेको छ । 

राजनीतिक दलहरु निर्वाचन केन्द्रीत अभियानमा होमिएका छन् भने निर्वाचन आयोगका अधिकारी तथा कर्मचारी निर्वाचनको तयारीलाई तीव्रता दिइरहेका छन् । यही बेला सरकारले समेत आफ्ना स्वार्थ अनुसार कर्मचारीको सरुवाको कामलाई तीव्र पारेको छ । 

सबै पक्षको आ–आफ्नो तयारीका कारण १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनको माहौल बन्दै गएको देखिन्छ । देशभरका पुराना तथा नयाँ पुस्ता स्थानीय निर्वाचनको प्रचारप्रसार र आफ्नो दललाई जिताउने रणनीति तयारीमा लागिसकेका छन् । 

निर्वाचन आयोगले फागुन ९ गतेसम्ममा  १८ वर्ष उमेर पुगेकाहरुले मात्र स्थानीय निर्वाचनमा भोट हाल्न पाउने निर्णय गरेको छ । आयोगले गत फागुुन १० गतेदेखि नै निर्वाचन प्रयोजनका लागि मतदाता नाम दर्ता प्रक्रिया समेत रोकेको छ । शहरबजारदेखि गाउँमा बसेका धेरैमा आफ्नो नाम मतदाताको सूचिमा समावेश छ कि छैन भन्ने अन्यौल छ । मतदाता सूचिमा नामावली नहुने १८ वर्ष नै पूरा भए पनि मतदान प्रक्रियामा सहभागी हुन पाउँदैन । त्यस्ता व्यक्ति मतदाता मात्र होइन, उम्मेद्वार हुन पनि पाउँदैनन् । तसर्थ तपाईले बेलैमा आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन हेर्दा राम्रो हुन्छ । 

निर्वाचन आयोगको वेबसाइटबाट तपाईले घरमै बसेर आफ्नो नाम मतदाता नामावलीको सूचिमा छ कि छैन हेर्न सक्नुुहुन्छ । तपाईमा पनि यो जिज्ञासा छ भने यहाँ क्लिक गरेर आफ्नो जिल्ला, नगर वा गाउँ, वडा राखेर आफ्नो नाम चेक गर्नुसक्नुुहुन्छ  ।