काठमाण्डौ । निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ । 

आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो । 

नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि विभिन्न जिल्लामा दल दर्ता गराएका थिएनन्। उनीहरुकै दबाबमा आयोगले सुरु भइसकेको मतपत्र छपाई रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिन्ह मतपत्रमा समावेश गर्न लागेको हो। यो खबर आजको नागरिकमा छापिएको छ ।