उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाने भएका छन् । 

इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका बताइए पनि सप्तरी घटनामा मधेशी जनतालाई मारेपछि उत्पन्न कठीन परिस्थिति र आगामी दिनमा भारतको पक्षमा आफूले चाल्नुुपर्ने कदमको बिषयमा सल्लाह गर्न त्यसतर्फ जान लागेका स्रोतहरुले बताएका छन् । 

भारतमा निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्ने बुझिएको भन्दै नेपाल समाचार पत्रले खबर छापेको छ । 

निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्ने उनका प्रेस संयोजक रामजी दाहालले जनाएका बताइएको छ ।