काठमाण्डौ । भारतबाट महँगोमा किनेको बिजुली वितरण हुने क्षेत्रमा नै धेरै विद्युत्त चोरी हुने गरेको छ । नेपाल विद्युत्त प्राधिकरणले भारतबाट प्रतियुनिट ९ देखि ११ रुपैयाँसम्ममा विद्युत्त आयात गर्ने गरेको छ । यसमध्ये धेरै वितरण तराई क्षेत्रमा हुने गरेको छ ।

नेपाल विद्युत्त प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जिल्लाको औसत विद्युत्त चुहावट ३७.७२ प्रतिशत छ । तर, जिल्लागत तथ्यांक हेर्दा केही जिल्लामा ६० प्रतिशतसम्म चुहावट हुने गरेको प्राधिकरणका एक अधिकारीले बताए ।

प्राधिकरणका अनुसार, सबैभन्दा बढी विद्युत्त चोरी जनकपुर क्षेत्रमा र त्यसपछि अत्तरियामा हुन्छ । यस्तै, नेपालगन्ज, विराटनगर, बुटवल, हेटौंडा र पोखरा धेरै चुहावट हुने क्षेत्र हुन् आठवटा क्षेत्रीय कार्यालयमध्ये सबैभन्दा कम चुहावट काठमाडौंमा हुने गरेको प्राधिकरणले जनाएको छ । काठमाडौंको चुहावट ११ प्रतिशत रहेको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।