काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आफूमा कारबाही परिने डरले केही नेताको डिजाइनमा आएको रहस्य खुलेको छ । 

आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले एमाले, माओवादी, कांग्रेसका केही नेता र केही उच्चपदस्थ कर्मचारीलाई समेत पूर्जी काट्ने सूचि तयार भएको सूइँको पाएपछि छापामार शैलीमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको रहस्य खुलेको हो । 

अख्तियारले कांग्रेसका २१ नेता, एमालेका तीन दर्जन र माओवादीका दर्जन भन्दा बढी नेताहरु, उच्चपदस्थ अवकाशप्राप्त कर्मचारीहरू ३८ जना, वर्तमान सचिवहरूलगायत उच्च पदस्थ सरकारी राष्ट्रसेवक कर्मचारीहरू ६२ जना, बहालवाला एवं अवकाशप्राप्त सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरूबाट ५३ जनासमेत गरी १ सय ९५ जनाको व्यक्तिगत एवं आर्थिक विवरण संकलन गरी छानविनको तयारी गरेको स्रोतको दाबी छ । 

अख्तियार उच्च स्रोतका अनुसार झण्डै एक हजार ‘ठूला माछा’ माथि छानविन सकाएर कारवाही प्रक्रिया बढाउनै लाग्दा उनीविरुद्ध एकाएक  महाअभियोग प्रस्ताव आएको हो । लोकमानले तयार पारेको सूची अख्तियारले गोप्य राखेको छ ।

लोकमानविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका प्रमुख दलका नेताहरुले उक्त सूची र त्यससँग सम्बन्धीत कागजात नष्ट गर्न कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातलाई समेत दबाब दिइरहेका स्रोतको दाबी छ ।

एमालेबाट को-को ?
१) केपी शर्मा ओली, अध्यक्ष, एमाले
२) वामदेव गौतम, उपाध्यक्ष, एमाले (पूर्व उपप्रधान तथा गृहमन्त्री)
३) सुवास नेम्वाङ, पूर्व सभामुख एवं नेता, एमाले
४) सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री एवं नेता एमाले
५) राजेन्द्र पाण्डे, पूर्व स्थानीय विकास मन्त्री एवं नेता एमाले
६) अग्नि खरेल, पूर्व कानुन मन्त्री एवं नेता एमाले
७) राज्यलक्ष्मी गोल्छा, सांसद, एमाले
८)ईश्वर पोखरेल, महासचिव
९)प्रदीप ज्ञवाली
१०)भीम आचार्य
११) शंकर पोखरेल
१२)राधा ज्ञवाली
१३)कृपाशुर शेर्पा
१४)दीपक अमात्य

माओवादीबाट को-को ?
१) पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं अध्यक्ष माओवादी केन्द्र
२) जनार्दन शर्मा, उर्जा मन्त्री एवं नेता, माओवादी
३) नन्दबहादुर पुन, उपराष्ट्रपति
४) शक्ति बस्नेत, पूर्व गृहमन्त्री एवं नेता माओवादी
५) वर्षमान पुन
६) टोपबहादुर रायमाझी
७)चन्द्रप्रसाद खनाल

कांग्रेसबाट को-को ?
१) कृष्ण सिटौला, पूर्व गृहमन्त्री एवं नेता, कांग्रेस
२) उमेश श्रेष्ठ, सांसद, नेता, नेपाली कांग्रेस
३) टेकबहादुर गुरुङ, सांसद एवं पूर्व श्रम राज्यमन्त्री, नेता नेपाली कांग्रेस
४) बहादुरसिंह लामा, सांसद एवं नेता, नेपाली कांग्रेस

अन्यबाट को-को ?
१) आङछिरिङ शेर्पा, अध्यक्ष यति एयरलाईन्स
२) दीपक भट्ट, ठेकेदार एवं व्यवसायी
३) सचिनलाल श्रेष्ठ आचार्य, व्यवसायी
४) सतिशलाल श्रेष्ठ आचार्य, व्यवसायी