काठमाण्डौ । सप्तरीमा मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाले सर्वसाधारणका लागि १ लाख २० हजार कित्ता सेयरको प्राथमिक निश्कासनको अनुमति पाएको छ । 

शुक्रबार धितोपत्र बोर्डले यो लघुवित्त संस्थालाई १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड २० लाख मूल्यको सेयर आइपीओको अनुमति दिएको हो । 

यो कम्पनीको आइपीओ निश्कासनका लागि एनसिएम मर्चेन्ट बैकिंग लिमीटेडले बिक्री प्रबन्धकको रुपमा कार्य गर्नेछ । १० जिल्लामा बित्तीय सेवा संचालन गर्दै आएको यो संस्थाले आइपीओ जारी गरेपछि चुक्तापूँजी ४ करोडको उचाईमा पुुग्ने बताइएको छ । 

यसैबीच, सपोर्ट माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेड समेत आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । यो कम्पनी १ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारणमा जारी गर्ने मागसहित बिहीबार बोर्ड पुुगेको हो । 

यो कम्पनीको धितोपत्र निश्कासनमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । आइपीओ जारी भएपछि सपोर्ट माइक्रो फाइनान्सको चुक्तापूँजी ५ करोड ८० लाखको उचाईमा पुुग्नेछ । यो कम्पनीले समेत पूर्वी पहाडका १० जिल्लामा बित्तीय सेवा संचालन गरिरहेको छ ।