काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी माघ ९ गतेदेखि ६ करोड रुपैयाँको आइपीओ निश्कासन गर्ने भएको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको ६ लाख कित्ता आइपीओका लागि माघ ९ गतेदेखि आवेदन खुल्ला हुने भएको हो । 

पहिलो चरणमा आइपीओमा आवेदन दिने अन्तिम मिति माघ १२ गतेसम्म तोकिएको छ । सो अवधिमा समेत माग अनुसारको आइपीओ आवेदन नपरे ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड फरवार्डको आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले कुल निश्कासन गर्ने आइपीओमध्ये ३० हजार कित्ता आफ्ना कर्मचारीका लागि, ३० हजार कित्ता १० वटा म्युचुअल फण्डहरुका लागि र ५ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

इक्रा नेपालले फरवार्डको आइपीओलाई आइपीओ ग्रेड ४ प्लसको रेटिङ प्रदान गरेको छ । 

यो माइक्रो फाइनान्सको हाल चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्नेछ । आइपीओपछि संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना ७०ः३० को अनुपातमा रुपान्तरण हुनेछ । यसको जारी पूँजी २० करोड र अधिकृत पूँजी ४० करोड रुपैयाँको हुनेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फरवार्डले ६ करोड १५ लाख खूद नाफा आर्जन गरेको छ । 

फरवार्ड माइक्रो फाइनान्सको आइपीओमा कहाँ कहाँबाट आवेदन दिने ? हेर्नुहोस् आवेदन केन्द्रको विस्तृत जानकारी :