काठमाण्डौ । मारुती सुजुकी इण्डिया(एमएसआई)ले आफ्नो नयाँ कार इग्निस भारतमा भव्य कार्यक्रम गरी सार्वजनिक गरेको छ । 

कम्पनीले भारतमा यसको मूल्य ४ लाख ५९ हजार भारुदेखि ७ लाख ८० हजार भारुसम्म तोकेको छ । यो कारलाई मारुती सुजुकीको प्रिमियम आउटलेट नेक्सामार्फत बिक्री गर्ने घोषणा गरिएको छ । इग्निसलाई १.२ लिटर पेटोल र १.३ लिटर डिजेल इञ्जिनको साथमा पेश गरिएको छ । यसको अटोमेटेड भर्सन पनि उपलब्ध हुनेछ । मारुती सुजुकीले सन् २०१६ को एक एक्स्पोमा इग्निसलाई शोमा राखेको थियो । 

मारुती सुजुकीका अनुसार इग्निसको प्रि बुकिङ खुल्ला गरिएको छ । यसका लागि १ जनवरी, २०१७ भित्र मात्रै ६ हजार जनताले यो कारका लागि अग्रिम बुकिङ गरेका छन् । यसले भारत र नेपाल जस्ता बजारमा तहल्का मच्चाउने दाबी गरिएको छ । 

यस्ता छन् मुख्य विशेषता 
इञ्जिन : १.२ पेट्रोल, १.३ डिजेल
पावर : ८३ पिएस पेट्रोल, ७५ पिएस डिजेल
टर्क : ११३ एनएम पेट्रोल, १९० एनएम डिजेल
माइलेज : २०.८९ किलोमिटर प्रति लिटर पेट्रोल, २६.८० किलोमिटर प्रतिलिटर डिजेल

अन्य विशेषता 
१.एलइडी हेडल्याम्प
२.एलइडी डिआरएल
३. क्रोम गार्निस र फग ल्याम्प
४.फ्रन्ट ग्रिल आसपास क्रोम आउटलाइन
५.टर्न इण्डिकेटर
६.रेयर पार्किङ सेन्सर
७.एबीएस तथा डुुबल फ्रन्ट एयरब्याग
८.फ्रन्ट डिक्स ब्रेक तथा रियर ड्रम बेक्स
९. क्लाइमेट कन्ट्रोल
१०.मिरर लिङ्क, एप्पल कार प्लेको साथमा ७ इञ्चको टचस्क्रीन इन्टरटेनमेन्ट सिस्टम
११.एन्ड्रोइड अटो एण्ड नेभिगेसन