►सुदर्शन शर्मा
पछिल्लो समय सेयर बजारमा पोजिटिभ सेन्टिमेन्ट बनेसँगै कतिपय साना कम्पनीहरुको सेयरमा उथलपुुथल भइरहेको छ । तपाईले सोच्दै नसोचेका साना कम्पनीहरुको मूल्य एकाएक बढिरहेको छ, तर समग्रमा तिनीहरुको सेयर मूल्य निकै न्यून छ । नेपाली सेयर बजारमा यस्तो प्रवृति मुख्य रुपमा माइक्रो फाइनान्स तथा केही विकास बैंकहरुमा देख्न पाइन्छ । तर बजार बढिरहँदा यस्ता कम्पनीहरुको बढ्दो मूल्यमा लोभिएर लगानी गर्नुअघि गम्भीर भएर सोच्नुपर्छ । लगातार कमजोर आधारभूत अवस्थाका कम्पनीहरुमा लगानी गर्नबाट सधैं बच्नु नै लगानीकर्ताको हितमा हुन्छ । यो नियम अन्तराष्ट्रिय जगतमा ख्यातिप्राप्त लगानीकर्ताले समेत पछ्याउने सूत्रसँग सम्बन्धित छ । 

कुनै पनि सेयरको भाउ मात्र त्यो कम्पनी राम्रो वा खराब छ भन्ने सूचक हुनैसक्दैन । जुन सेयरमा सधैं सर्किट लाग्ने अवस्था हुन्छ, सोच्नुुहोस् त्यहाँ केही न केही गडबडी छ । 

पछिल्ला दिनहरुमा सेयर बजारमा लगातार बढोत्तरी भइरहेको छ । कतिपय साना कम्पनीहरुको मूल्य छोटो अवधिमै धेरै बढिसकेको पनि छ । तर यस्तो बेलामा लगानीकर्ता विशेष रुपमा सचेत हुनुपर्छ । 

सेयर बजारमा केही समयको अन्तरालमा उछालको अवस्था बनिरहेको देख्न सकिन्छ । यस्तो बेलामा सबै खालका सेयरले राम्रो रिटर्न दिन थालेको जस्तो देखिन्छ । कयौं साना कम्पनीको सेयर अचानक महंगिएर माथि पुुग्न थाल्छ । दैनिकजसो कमाउने कम्पनीको सूचिमा समेत यस्तै सेयर अगाडि देखिन्छन् । तर, यस्ता सेयरबाट लगानीकर्ता सधैं सतर्क रहनुुपर्छ । 

कुनै पनि लगानीकर्ताले सेयर बजारको उछालको गतिसँगै आफू पनि हौसिनुुपर्छ भन्ने गलत सोंच त्याग्नुुपर्छ । बजार चाहे जहाँसुकै होस्, राम्रो कम्पनीमा मात्रै लगानी गर्नुपर्छ । कुनै पनि सेयरको भाउ मात्र त्यो कम्पनी राम्रो वा खराब छ भन्ने सूचक हुनैसक्दैन । जुन सेयरमा सधैं सर्किट लाग्ने अवस्था हुन्छ, सोच्नुुहोस् त्यहाँ केही न केही गडबडी छ । 

अझ बिनाकारण उछालको गतिमा बढेर अपर सर्किट लाग्ने सेयरमा त लगानीकर्ताले झनै बढी सचेत हुनुपर्छ । अपर सर्किट अचानक लाग्यो वा केही दिनसम्म निरन्तर लागिरह्यो भने यो राम्रो संकेत होइन । यस्ता सेयरबाट टाढै बस्नुुपर्छ । यदि तपाईको पोर्टफोलियोमा यस्तो सेयर छ भने यसलाई बिक्री गरेर राम्रो कम्पनीको सेयरमा लगानी गर्नु हितमा हुन्छ ।