काठमाण्डौ । मेगा बैंक लिमीटेडका सेयरधनीलाई डबल अफर पाउने भएका छन्  । 

मंसिर १९ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश र ६५ प्रतिशत हकप्रद दिने निर्णय गरेको हो ।

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयन हुनेछ । 

मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ६९ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकको हाल चुक्तापूँजी ३ अर्ब २४ करोड रुपैयाँ छ । १३.२५ प्रतिशत बोनसपछि चुक्तापूँजी ३ अर्ब ६६ करोड पुुग्नेछ । 

बोनसपछि कायम हुन आउने चुक्तापूँजीको ६५ प्रतिशत हकप्रद जारीपछि कुल चुक्तापूँजी ६ अर्ब माथि पुुग्नेछ ।