काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्न अब करिब १५ प्रतिशत मात्रै बाँकी छ । 

आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङको काम हालसम्म २३ किलोमिटर सम्पन्न भइसकेको र चार किलोमिटर मात्रै बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए ।

मेलम्ची खोलादेखि सुन्दरीजलसम्म निर्माण हुने सुरुङको लम्बाइ करिब साढे २७ किलोमिटर छ । अब बाँकी काम आगामी साउन दोस्रो सातासम्म सम्पन्न भइसक्ने भट्टराइले बताए । यो खबर आजको कारोबारमा छापिएको छ ।