काठमाण्डौ । बजारमा वृद्धिको प्रभाव म्युुचुुअल फण्डहरुको मासिक प्रगति विवरणमा समेत देखिन थालेको छ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले संचालन गरेको ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड लक्ष्मी भ्यालू फण्ड १ को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालूू)मा सामान्य प्रगति भएको छ । 

माघ मसान्तको तुलनामा फागुन मसान्तसम्म नेट एसेट भ्यालूू(एनएभी) ११ रुपैयाँ ३ पैसाबाट बढेर ११ रुपैयाँ ५५ पैसा भएको हो । माघ मसान्तसम्म २ करोड ६३ लाख खूद नाफामा रहेको यो स्किमले फागुन मसान्तसम्म त्यसलाई बढाएर ४ करोड ३७ लाख नाफा आर्जन गरेको छ । 

कुल ५० करोडबाट सुरु भएको यो स्किमले फागुनसम्म सूचिकृत कम्पनीको सेयरमा २८ करोड ५२ लाख लगानी गरेको छ । यस्तै, सार्वजनिक निश्कासनहरुमा १ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । यो स्किमले ४४ सूचिकृत कम्पनीको कुल ३ लाख ७ हजार ७ सय ४० कित्तामा लगानी गरेको छ । 

कुल सेयरमध्ये यो स्किमले सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको ३० हजार ६ सय ६३ कित्ता खरीद गरेको छ । यस्तै, यो स्किमले ८ करोड मुद्धती खातामा जम्मा गरेको छ भने १८ करोड १ लाख रुपैयाँ बैंक ब्यालेन्समा राखेको छ ।